केशव सावद,कञ्चनपुर११ फागुन
कञ्चनपुरको दैजी गाविसकी एक महिलाले आफ्नै शरिरमा आगो लगाएकी छन। दैजी गाविस ६ छेला झन्झटपुर बस्ने वीरवहादुर डगौराकी ३७ वर्षिया श्रीमति राधा डगौराले सोमवार राती आफ्नै शरिरमा मट्टितेल छर्केर आगो लगाएकी हुन। उनको आगलागीबाट मुख, छाती, पाखुरा र पेट जलेको छ। राती नै उनलाई श्रीमान विरवहादुर र स्थानीय छिमेकीले उपचारका लागी अस्पताल ल्याएका थिए। उनको सदरमुकाम भीमनगरस्थीत महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ। घरायसी कारणले राधाले आफ्नै शरिरमा आगो लगाएको हुन सक्ने बताइएको छ। घट्नाको छानविन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks