Loving nepal news

Monday, February 15, 2010

इलाममा भीषण आगलागी

वारुण यन्त्र नहुँदा ठूलो क्षति
सुदिप श्रेष्ठ, इलाम ४फागुन

इलाम सदरमुकाममा आज राति आगलागि हुदा ११ घर जलेर पुर्ण रुपमा नष्ट भएको छ। सदरमुकाम इलाम बजारको निकुज पथमा भीषण आगलागी भएको छ । आगलागिबाट १० घर जलेर पुर्ण रुपमा नष्ट भएका छन् भने आगो नियन्त्रण गर्ने क्रममा ८ वटा घर भत्काइएको छ ।
इश्वर चिपालुको घरमा भएको बेकरी को भटटी बाट शुरु भएको आगोले बारुण यन्त्र नभएको कारण ठुलो क्षति गरेको हो। आगलागिका कारण इश्वर चिपालु, धनमान बराईली, मोहनलाल श्रेष्ठ, कृष्णलाल श्रेष्ठ, अशोक खाकी, पप्पु खान, लक्ष्मी उदास, हिरालाल कर्माचार्य, बिक्रम श्रेष्ठ, घनश्याम कान्दु र जयनारायण श्रेष्ठको घर जलेको छ भने आगलागी नियन्त्रणमा लिनका लागि स्क्यावेटर परयोग गरि पुर्णलाल श्रेष्ठ, ज्ञानबहादुर श्रेष्ठ, मुक्ति उपरेती, शिव श्रेष्ठ र रत्न श्रेष्ठको घर भत्काइएको छ। राती साढे ९ बजे शुरु भएको आगो स्थानिय बासी, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी ले बिहान ४ बजे मात्र आगेा नियन्त्रणमा लिएका थिए। इलाम नगरपालिकामा भएको दमकल बिग्रिएको कारण झापा दमकल मगाइएको थियो। मेचीनगर बाट सो दमकल बिहान ४ बजे मात्र इलाम आइपुगेको थियो। आगलागीबाट ५० करोडको क्षति भएको पुर्वअनुमान गरिएको छ।
नेपाली सेना नेपाल प्रहरी रेडक्रसकर्मी र ठूलो संख्यामा भेला भएका स्थानीयबासीन्दाको प्रयासमा बिहान ४ बजेतिर मात्रै आगो निभाइएपनि पुर्ण नियन्त्रणमा आइसकेको छैन ।

आगलागीपछि इलाम बजार क्षेत्रमा विद्युत र टेलिफोनका तार समेत जलेर नष्ट भएको छ । आगलागिबाट कुनै पनि मानवीय क्षति नभएपनि आगो निभाउने क्रममा प्रहरी जवान खगेन्द्र पौडेल सहित ४ जना घाइते भएका छन् ।
तत्कालिन सात दलिय सम्यन्त्रले इलाम चोक बजारमा पानीको अण्डरग्राउण्ड रिजर्भेसन टयाङकी नबनाउने निर्णय गरेकेा कारण पनि आगो नियन्त्रणमा लिन नसकेको स्थानिय बासी हरुले आरोप लागाएका छन। प्रस्तावित अण्डरग्राउण्ड रिजर्भेसन टयाङकी को स्थानमा तत्कालिन सात दलिय सम्यन्त्रले एक निर्णय गरि सहिद स्तम्भको नाममा यात्रु प्रतिक्षालय बनाएका छन।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks