Loving nepal news

Monday, February 1, 2010

लोडसेडिङ्गले औद्योगिक उत्पादन प्रभावित

वीरगंज, १८ माघ

देशको अर्थतन्त्रमा संकटको लक्षण देखा परिरहेको बेला लोडसेडिङ्गको कारण औद्योगिक उत्पादन पनि प्रभावित भएको छ। लोडसेडिङ्ग तालिकामा सुधार गरेर औद्योगिक उत्पादन माथि लोडसेडिङ्गको प्रभाव न्यून गर्ने उद्देश्यले संघका विद्युत तथा संचार समितिका सभापति ओमप्रकाश जायसवाल ज्यूको नेतृत्वमा एक टोली नेपाल विद्युतका क्षेत्रिय निर्देशक जयनारायण ठाकूर संग वाहाँकै कार्यकक्षमा भेट गरेको छ।
देशमा विद्युतको माँग र आपूर्तिमा रहेको फरको कारण लोडसेडिङ्गको कुल अवधि घटाउन नसकिने भएपनि औद्योगिक फिडरहरुमा ५ दिन लगातार विद्युत आपूर्ति गरी २ दिन पूरै ब्ल्याक आउट गर्ने प्रस्ताव उद्योगिहरुले अघि सारेका छन्। घेटघाट गर्न गएको टोलिमा संघका सचिव दिपक टिवडेवाल, सदस्य अरविन्द्र आमात्य तथा संघका निर्देशक शम्भू प्रसाद चौरसियाको उपस्थिती रहेको थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks