देशको विभिन्न चाडपर्वमध्ये फागु पूणिर्मा (होली पर्व) नेपाली माझ लोकप्रिय साझा चाडको रूपमा रहेको
काठमाडौं, १६ फाल्गुण
राष्ट्रपति डा.रामवरण यादवले विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति र क्षेत्रका नेपालीहरूबीच मेलमिलाप र एकता कायम गरी राष्ट्रिय अखण्डता तथा सामाजिक सद्भाव बलियो पार्न फागु पूणिर्मा -होली) पर्वले महत्वपूर्ण योगदान दिन सकोस् भन्ने कामना दिएका छन् ।
फागु पूणिर्मा पर्वका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति डा. यादवले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
यसैगरी, उनले विविधतायुक्त समाजलाई एकताको सूत्रमा बाँधी आपसी भाइचारा अभिवृद्धि गर्नमा साझा सांस्कृतिक चाडहरूको विशिष्ट महत्व हुन्छ भनेका छन् ।
यसैबीच उपराष्ट्रपति परमानन्द झाले पनि फागु पूणिर्माको अवसरमा शुभकामना सन्देश दिदै सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न यस पर्वको ठूलो भूमिका रहेको बताएका छन् । सन्देशमा विभिन्न संस्कृति, चाडपर्व एवम् मौलिकताले भरिएको देशको विभिन्न चाडपर्वमध्ये फागु पूणिर्मा (होली पर्व) नेपाली माझ लोकप्रिय साझा चाडको रूपमा रहेको उल्लेख गरिएको छ ।
रासस
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks