Loving nepal news

Monday, February 1, 2010

बिद्यार्थीहरु बीच झडप

राजेश घिमिरे/चितवन १७ माघ

कृषी तथा पशु बिज्ञान अध्ययन सस्थान केन्द्रीय क्याम्पस रामपुरमा एकिकृत नेकपा माओबादी निकट अनेरास्ववियु क्रान्तकिारीले एमाले निकट अनेरास्वबियु समर्थित बिद्यार्थीहरुमाथि कुटपिट गरेका छन् । क्रान्तकारीको कुटपिटबाट एमाले अखिलका ४ जना बिद्यार्थी र्घाईते भएका छन् । र्घाईते हुनेहरुमा स्वतनत्र बिद्यार्थी युनियन रामपुर क्याम्पसका सहसचिव चिरञ्जीवी पन्त, अनेरास्ववियु रामपुर क्यामपसका सदस्य नारायण ढकाल लगायत रहेका छन् ।
उनीहरुको नारायणी सामुदायीक अस्पताल भरतपुरमा उपचार भएको छ । आफुहरु शान्तिपुर्ण रुपमा बिरोध कार्यक्रम गरिरहेको बेला एक्कासी घरेलु हतियार सहित आएका क्रान्तिकारी समर्थित बिद्यार्थीहरुले आक्रमण गरेको अनेरास्वबियु चितवनका उपाध्यक्ष सुदिप रेग्मीले बताउनुभयो । उता अखिल क्रान्तीकारीका केन्द्रीय सदस्य लाल बहादुर तामाङ्गले भने आफुहरुले कसैमाथी आक्रमण नगरेको दावी गर्नुभयो । उहाँले सामान्य भनाभनको बिषयलाई एमाले अखिलले अतिरञ्जीत गरेको आरोप लगाउनुभयो । तामाङ्गले आफुहरुले कसैमाथी आक्रमण नगरेको र आफ्नो संगठनको नाम बदनाम गर्न खोजीए प्रतिकार गर्ने चेतावनी समेत दिनुभएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks