राजेश घिमिरे/चितवन २४ माघ
विभिन्न १० बुँदे प्रस्तावहरु पारित गर्दै आमसञ्चार प्रतिष्ठान नेपालको तेश्रो साधारणसभा तथा विषेश अधिबेशन आज चितवनको नारायणगढमा सम्पन्न भएको छ । अधिवेशनले सुचना तथा समाचारको पहुँच सवै समक्ष पुर्याउनका लागि श्रव्य, श्रव्यदृश्य र छापा सम्बन्धी सुविधा सम्पन्न संचार केन्द्र मिडिया सेन्टरको स्थापना गरि सुचनामुलक वेवसाईटलाई यसै आर्थिक बर्ष भित्रमा संचालनमा ल्याउने निर्णय गरेको छ । साथै अधिवेशनले प्रतिष्ठानको सर्वाधिकार रहनेगरी यथाशिघ्र एउटा सामुदायिक रेडियो स्थापना गर्ने, संचारकर्मिहरुका लागि आमसञ्चारकर्मी सहायता कोष स्थापना गर्ने र यसका लागि कम्तीमा एउटा एम्बुलेन्स खरिद गर्ने, व्यवसायिक पत्रकारिताको विकासका लागि नेपाल पत्रकार महासंघ लगायत संचारसँग सम्बन्धित अन्य सरोकारवाला संघसंस्थाहरुले गर्ने कार्यक्रममा पुर्ण सहयोग प्रदान गर्दै स्थानीय संचारमाध्यमहरुमा श्रमजिवि पत्रकार ऐन पुर्ण रुपमा लागु गराउनका लागि आवश्यक वहस चलाउने, पत्रकारिता पेशा प्रति आकषिर्त व्यक्तिहरुका लागि आधारभुत पत्रकारिता तालिम संचालन गर्ने लगायतका बिषयहरु समेटिएको दशबुँदे प्रस्ताव पारित गरेको छ ।
अधिवेशन अघि साधारणसभालाई सम्बोधन गर्दै सरोकारवाला व्यक्तिहरुले प्रतिष्ठानको आगामि कार्ययोजनाको सफताको कामना गरेका थिए । साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी महेश्वर न्यौपानेले लगनशिलता, अध्ययनशिलता र व्यवसायिकतालाई अंगाल्दै अघि बढे संचारसंस्था र संचारकर्मिको भविष्य सुदृढ हुने बिचार व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष कृष्ण गिरीले पत्रकारिताको व्यवसायिक विकास र स्तर उन्नतिका लागि काम गर्ने संस्थाकालागि महासंघका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ईन्सेक प्रतिनिधि मुकुन्द दाहालले देश संघीयता तर्फ उन्मुख भईरहेका सन्दर्भमा प्रतिष्ठानले जिल्लालाई मात्र केन्द्र नमानी चितवन क्षेत्रलाईनै केन्द्र मानेर अघि बढ्नु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै चितवन उद्योग संघका अध्यक्ष हरिप्रसाद सुवेदी, उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, उद्योग बाणिज्य संघ नारायणगढका प्रतिनिधि बद्री अधिकारीले उद्योग व्यवसायको उन्नतिका लागि संचारगृहको पनि महत्वपुर्ण भुमिका रहने भन्दै प्रतिष्ठानको नयाँ योजनाहरुले उद्योगी तथा व्यवसायीहरुको पनि हित हुने तर्क गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार दिपक आचार्य, पर्यटन पत्रकार मञ्चका अध्यक्ष विनोद त्रिपाठी, प्रतिष्ठानका निवर्तमान कोषाध्यक्ष बिष्णु पौडेल लगायतले बोल्नुभएको थियो । साधारणसभा प्रमुख जिल्ला अधिकारी महेश्वर न्यौपानेको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका अध्यक्ष दिनेशकुमार थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैबीच प्रतिष्ठानको अधिवेशनले दिनेशकुमार थपलियाको अध्यक्षतामा आगामि कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिका उपाध्यक्षमा दिपक श्रेष्ठ, महासचिवमा बिनोदवावु रिजाल, कोषाध्यक्षमा राजेश घिमिरे, सचिवमा मञ्जु कंडेल तथा सदस्यहरुमा प्रविन्द्र बराली ँआकास’, प्रविन बराल, रमेस क्षितिज र अमृता गुरुङ् रहनुभएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks