Loving nepal news

Monday, February 15, 2010

लिम्वुवानद्वारा वैकको जग्गा कव्जा

सञ्जीव चापागाई,झापा ३ फागुन

झापाको गौरीगञ्जमा एक वैकको स्वामित्वमा रहेको ४ विघा जग्गा लिम्वुवानले कव्जा गरेको छ । नेपाल क्रेडीट एन्ड कमर्स वैकको स्वमित्वमा रहेको सो जग्गा लिम्वुवान भोलेन्टीयर्सले पार्टिको झण्डा गाडि कव्जा गरेका हुन । जग्गा कव्जापछि भोलेन्र्टयर्सका फील्ड कमान्डर काइसाङ्गद्वारा जारी गरीएको विज्ञप्तिमा जग्गाको कम मुल्याङ्कन गरी वेचविखन गर्न खोजीएकोले कव्जा गरीएको जनाइएको छ ।
विज्ञप्तिमा स्थानिय केदार प्रसाद गड्तौला र राजेन्द्र कार्किले सो बैकंका कर्मचारीसंगको मिलेमत्तोमा करोडै रुपैया पर्ने उक्त जग्गाको न्यनतम पनि मुल्याङ्कन नगरी वेचविखन गर्न खोजीएको जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks