काठमाडौं, ९ फागुन (दैनिकी)
एकीकृत नेकपा माओवादीले आज केन्द्रीय समिति विस्तार गर्दैछ । आज बस्ने केन्द्रीय समितिले ३५ सदस्य थप गरी पहिलेको निर्णय कार्यान्वयन गर्दै केन्द्रीय समिति विस्तार गर्नेछ । दलित, महिला, जनजाती, पिछडिएको क्षेत्रको मापदण्डका आधारमा आज ३५ जनालाई केन्द्रीय सदस्यमा बढुवा गर्ने प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । केन्द्रीय समिती विस्तारसँगै माओवादी केन्द्रीय सदस्यको संख्या १ सय ४० बाट १ सय ७५ पुग्नेछ । केन्द्रीय समितिको विस्तारसँगै पोलिटब्युरो र स्थायी समिति पनि विधान अनुसार विस्तार हुने प्रवक्ता शर्माले बताउनुभयो । हिजोको बैठकमा केन्द्रीय समितिमा बढुवा गर्ने विषयमा विवाद भएको थियो । आफ्ना नातेदार र नजिकका आधारमा सिफरिस हुने गरेको र सशस्त्र संर्घषमा लड्नेहरुलाई पाखा लगाउने गरेको भन्दै अघिकांश सदस्यहरुले आपत्ति जनाएका थिए । बैठकमा केन्द्रीय समिति विस्तारसँगै जिम्मेवारी बाँडफाँट, संगठन सदृढिकरणका विषयमा पनि छलफल हुनेछ । बैठक बिहान ८ बजेदेखि बसिरहेको हो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks