सभासद चन्द्रबहादुर गुरुङ बेहोस
काठमाडौं, ११ फागुन (दैनिकी)
राजतन्त्र र संघीयताबारे जनमत संग्रहबाट टुङ्गो लगाउनु पर्ने माग गर्दै आन्दोलनरत राप्रपा नेपालले आज सिहदरबार घेराउ गरेको छ । राप्रपा नेपालले विहान ९ बजेदेखी दिउसो ३ बजेसम्म घेराउ कार्यक्रम रहाको जनाएको छ । घेराउमा पार्टीका अध्यक्ष कमल थापासहितका नेताहरु सहभागी छन् । थापा भद्रकालीमा बस्नु भएको छ ।
उक्त पार्टीले चार नाकाबाट सिंहदरबार घेरिरहेको छ । धर्नाका कारण त्यस क्षेत्रमा यातायात ठप्प भएको छ । धर्नाकारीलाई धपाउन प्रहरीले अनामनगर क्षेत्रमा बल प्रयोग गर्दा केही कार्यकर्ता घाईते भएका छन भने २० जना जतिलाइ प्रहरीले पक्राउ गरेको छ । सभासद चन्द्रबहादुर गुरुङ घेराउका क्रमा बेहोस भएपछि उहाँलाइ उपचारका लागि बीर अस्पताल लगिएको छ ।
सिहदरबार घेराउ लगत्तै ४ बजे बसन्तपुरमा वृहत आमसभाको आयोजना गरि राप्रपा नेपालले जनाएको छ । राप्रपा नेपालले हिजो उपत्यकाका ३ जिल्ला बन्द आह्वान गरेको थियो
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks