'जमीमको मृत्युबाट आईएसआई र दाऊदलाई झटका'
काठमाडौं, २५ माघ (दैनिकी)
नेपाली सञ्चार व्यावसायी जमिम शाहको हत्याबारे भारतीय सञ्चारमाध्यमहरुले बढाइचढाई समाचार दिएका छन । जागरण लेख्छः नेपालमा आईएसआई र दाऊद इब्राहिम गिरोहको भित्री लडईको ताजा शिकार बनेका छन् जमीम शाह। कश्मीरी मूलका जमिमलाई आइतबार बन्दूकधारीहरुले काठमाडौंको लाजिम्पाट क्षेत्रमा दिउँसै गोलीले क्षतविक्षत बनाइ दिए ।
"स्पेस टाइम मीडिया नेटवर्कका मालिक जमीमलाई दाऊदको दाहिने हात मानिन्थ्यो र पछि उनी आईएसआईका लागि पनि काम गर्थे" -जागरण दैनिकको समाचारमा भनिएको छ ।
सो पत्रिकाले पछिल्ला केही वर्षदेखि नेपालमा आईएसआई र दाऊदका विभिन्न गिरोहका आन्तरिक लडाईका कारण उनी धेरै चिन्तित थिए भन्दै उनले यसबारेमा दाउदलाई आफ्नो नेपालको सबै सम्पति बेचेर पाकिस्तानमा बस्ने इच्छा व्यक्त गरेको लेखेको छ । दाऊद यसका लागि तैयार समेत भए पनि आईएसआईले जमीमको योजनामाथि पानी खन्याइदिएको भनेर लेखेको छ ।
उनले आफ्नो कम्पनीमा दाउदमात्र होइन कुनै पनि विदेशी कम्पनीको लगानी नभएको बताउँदै आएका थिए । आफू कश्मिरी मुलको नेपाली मुशलमान भएकै नाताले पटकफटक यस्तो आरोप खेप्नु परेको जमिम शाहको भनाइ रहँदै आएका थिए ।
तर जागरणले भने भारतीय सुरक्षा एजेन्सीलाई उद्धृत गर्दै नेपालमा नक्कली भारतीय नोट छाप्नका लागि आईएसआईले जमीमको सहयोगमा अत्याधुनिक प्रिंटिंग प्रेस लगाउने योजना बनाइरहेको आरोप लगाएको छ । "जमीमको मृत्युबाट भारतीय सुरक्षा एजेंसीहरुले राहतको सास लिएका छन्" जागरणले लेखेको छ ।
याहू इन्डियाले प्रकासित गरेको जागरणको समाचारमा नेपालमा जमीमको कारोबार ५०० करोड रुपैयाँ भन्दा बढीको भएको र उनको कम्पनिमा दाउदले ठूलो रकम लगाएको आरोप लगाइएको छ ।
उक्त पत्रिकाले नेपालमा जमीमको शक्तिलाई देखेर आईएसआईले उनलाई भारत विरोधी गतिविधिका लागि प्रयोग गरेको आरोप लगाएको छ । २००० मा रितिक रोशनका नेपाल विरोधी भनाइका कारण काठमाडौंमा भड्किएको भारत विरोधी गतिविधिका पछाडि जमिम शाहकै हात रहेको जागरणले आरोप लगाएको छ ।
पत्रिकाले भारतीय सुरक्षा एजेंसीका अनुसार भन्दै विगत पांच वर्षमा आईएसआईले जमीमका माध्यमबाटै नक्कली भारतीय नोट भारत पठाइरहेको आरोप लगाएकव छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks