कांग्रेस संसदीय दलको नेता समेत रहनुभएका पौडेलले माओवादीले बन्दुक तेर्साएर संविधान बनाउन चाहेको आरोप
पवन पौडेल तनहुँ, ६ फागुन
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधाननिर्माण प्रक्रियाको मुख्य वाधक माओवादी भएको आरोप लगाउनुभएको छ। आफुहरु सबै समस्या टुंगाएर संविधान निर्माणतर्फ उन्मुख भएपनि माओवादीले शान्तिप्रक्रियालाई लम्बाएर संविधान निर्माणमा अवरोध झिकेको उपसभापति पौडेलको भनाई थियो।
गृहजिल्ला तनहुँ आईपुग्नुभएका कांग्रेस उपसभापति पौडेलले आज सदरमुकाम दमौलीमा हाम्रो तनहुँ डट कमद्धारा समयमै संविधान बनाउन आयोजित खबरदारी बोर्डको उद्घाटन गर्नुहुँदै सो कुरा बताउनुभएको हो।
कांग्रेस संसदीय दलको नेता समेत रहनुभएका पौडेलले माओवादीले बन्दुक तेर्साएर संविधान बनाउन चाहेको आरोप लगाउँदै यस्तो संविधान जनताको हुन नसक्ने टिप्पणी गर्नूभयो।
नेपाली जनताको पहिलो चाहना शान्ति भएकाले शान्तिप्रक्रियालाई टुंगो लगाई माओवादी शिविर खाली गरिसकेपछि मात्र जनताको चाहनाअनुरुपको संविधान निर्माण हुने नेता पौडेलको तर्क थियो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks