काठमाडौं, २ फाल्गुण (दैनिकी)
भारतिय टीभी जगतको महान हस्ती एकता कपूरले सबैलाई भ्यालेनटाईन्स डेका दिन आ-आफ्ना पूर्व प्रेमी तथा प्रेमिकालाई धोखा कार्ड बांड्न सल्लाह दिएकी छिन् । यसका लागि उनले दिल्ली, मुंबई, पुणे, बैगंलौर, चंडीगढ, हैदराबाद लगाएतका भारतको बिभिन्न शहरहरु मा रहेका कफी पसल, रेष्टुरां तथा सिनेमा हलहरुमा यस्तो कार्डहरु बाड्न लगाउने भएकी छिन्।
उक्त कार्डमा धोखेबाज प्रेमि तथा प्रेमिकाहरुका लागि एक खाश सन्देश राखेकी छिन्। यस अलावा उनले बिभिन्न नेटवर्किग साइट तथा रेडियो प्रसारण मार्फत पनि यस खभियानलाई चलाउने भएकी छिन्। उनले यसका लागि एउटा प्रतियोगिता समेत गर्ने भएकी छिन जसमा विजयी हुनेलाई धोखा कार्ड तथा कैक्टसको बिरुवा पुरस्कार स्वरुप प्रदान गर्ने भएकी छिन्। उनका अनुसार यो सबै उनले धोखेबाजहरुलाई भण्डाफोर गर्नका लागि गरेको बताईन।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks