हेटौंडा १९ माघ (दैनिकी)
पूर्व प्रधानमन्त्री तथा नेपाली कागे्रसका बरिष्ठ नेता शेरबहादुर देउवाले अहिलेको सरकार बदल्नुपर्ने कुनै कारण नभएको बताउनुभएको छ। प्रेस युनियन मकवानपुरले हेटौडामा गरेको पत्रकार समेलनमा बोल्दै उहाँले अहिलेका मुख्य काम भनेको सरकार बदल्नु भन्दापनि नयाँ संबिधान निर्माण गर्नु रहेको उहाँले बताउनुभयो।
अहिलेको सरकारमा माओबादीलाइ सहभागी हुन आग्रह गर्दै काग्रेस नेता देउवाले सरकार बदल्ने कुरा गर्नु भन्दापनि अहिलेको सरकारमा सहभागिहुन माओबादिलाइ आग्रह गर्नुभयो।
वाइसीयल र युथफोर्स बिगठन हुनुपर्ने उहाँले बताउनुभयो।
माओबादी सेनाको तत्काल ब्ववस्थापन गर्न नसकिए तोकिएकै समयमा नयाँ संबिधान निर्माण नहुने उहाँले बताउनुभएको छ। माओबादी लडाकुहरुलाई तत्काल बिभिन्न निकायमा ब्यवस्थापन् गरेपछि मात्र नयाँ संबिधान तोकिएकै समयमा निर्माण हुने नेता देउवाले बताउनुभयो।
अहिलेको अबस्थामा दिगो शान्ती स्थापना गर्नु र नयाँ संबिधान निर्माण गर्न चुनौति भएको उहाँले बताउनुभयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks