Loving nepal news

Sunday, February 7, 2010

तीन दल मिले एकमहिनामै संबिधान

सुरजकुमार भुजेल मकवानपुर, २३ माघ/

संबिधान सभाको तीन ठूला दल ए माओवादी, नेपाली कांग्रेस र एमाले मिले एक महिनामै संबिधान बन्ने बताइएको छ । रिपोर्टर्स क्लब मकवानपुर शाखाको आयोजनामा भएको साक्षात्कार कार्यक्रममा कांग्रेस नेताहरुले यस्ता धारणा राख्नुभएका हुन् । नेपाली कांग्रेसका महामन्त्री केबी गुरुङले समयमै संबिधान बन्ने दावी गर्नुभयो । 'केही समितिका प्रस्तावहरु बहुमत नपुगेर अड्किएका छन्, तिनीहरुको समाधान गर्न पनि संयन्त्र छन्’, उहाँले भन्नुभयो,'हामीलाई जनताले संबिधान बनाउन पठाएका हुन हामी संबिधान बनाउछौ ।’ क्षणभरमै बक्तव्य फेर्ने दाहालको बोलि नै बुझ्न नसकिने बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री जोबिन्दराज जोशीले तीन दल मिले तोकिएको समयमै संबिधान बन्ने विचार व्यक्त गर्नुभयो । 'दाहाल, कोईराला र खनाल मिले एक महिनामै संबिधान बन्छँ जेठ १४ कुर्नु पर्दैन ।’ संबिधान जारी नगरेसम्म वर्तमान सरकार परिवर्तन गर्न नहुने उहाँको धारणा थियो ।
नेताद्वयले संबिधान जारी गर्नुअघि नै माओवादी लडाकु व्यबस्थापन हुनुपर्नेमा कांग्रेस अडिग रहेको बताउनुभयो । कार्यक्रममा कांग्रेस केन्दी्रय समस्यद्वय सुनिलकुमार भण्डारी र विनयध्वज चन्द, सभासद् डीना उपाध्याय, कांग्रेस जिल्ला सभापति माइकल रामचन्द्र अर्यालको समेत उपस्थिति थियो । रिपोर्टर्स क्लब मकवानपुर शाखा अध्यक्ष सविन न्यौपानेको सभाध्यक्षतामा साक्षात्कार कार्यक्रम सम्पन्न भएको हो

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks