Loving nepal news

Saturday, February 13, 2010

हत्याराको पहिचान अझै हुन सकेन

दिपक पाण्डेय २९ माघ, पाल्पा

पाल्पा जिलाको तानसेन देखि करिब २५ कि.मी. पश्चिम ठिमूरे गा.वि.स. वडा नं. १, बुढीचौरमा धारिलो हतियारले रेटेर एकै परिवारका चार जनाको हत्या भएको छ । हत्या हुनेमा ठिमुरे १ बस्ने वर्ष२५ की तुल्सा र्घर्ति, वर्ष५५ की यम कुमारी बगाले, वर्ष५ का संजिव र्घर्ति, वर्ष६ की सन्ध्या र्घर्ति रहेका छन् ।

पाल्पाको कुसुमखोला १ घर भएकी तुलसी र्घर्ती भने माइतमा बस्दै आएको गाउलेले बताए। तुलसीको श्रीमानको समेत यस अघि नै मृत्यु भैसकेको छ । तुलसीको एक छोरा र एक छोरी रहेका थिए, उनीहरुको घाटी रेटेर हत्या भएको छ ।

मंगलबार दिनभर पानी परेको र साँझमा हावाहुरी लागेकोले उनीहरुको हत्या पनि सोही समयमा हुन सक्ने स्थानीय बासिको संका रहेको छ । उनीहरु ७ बजे नै खाना खाएर सुतेका थिए । "अर्को दिन दिउसो अबेर सम्म घरका मान्छे देखिएन । गोठका बस्तुभाउ कराएका थिए, ढोकामा बाहिरबाट ताला लगाएकोले कतै गएका रहेछन् भन्ने सोच्यौ ।" बेलुका अबेरसम्म पनि घरमा नदेखेपछि शंका लागेर छिमेकीले घरभित्र हर्ेदा लाश देखेर ढोका उघारेका थिए ।

घरको तल्लो तलमा तीनजना र माथिल्लो तलामा एकजनाको लाश रहेको थियो । बगालेको श्रीमान् आफ्नै कान्छी छोरीको उपचारको लागि गाउँबाट बाहिर गएको र छोरा तानसेनमा बसेर पढ्दै गरेका कारण घरमा केटाकेटी र महिलामात्र भएको मौकामा घटना घटेको हुन सक्ने आसंका गरिएको छ ।

हत्या गरिएको बगालेको टाउँको र छातिमा धारिलो हतियारले प्रहार गरिएको छ भने अन्य तीन जनाको घाटीमा रेटेर हत्या गरेको छ । हत्यराहरुले उनीहरुले लगाएको गरगहना र घरमा रहेको करिब १० तोला सुन र नगद १ लाख पचास हजार रुपैया लगेको उनका आफन्तले बताए । एक्कासी एकै परिवारमा भएका सबैको हत्या भएको घटनाले गाउँलेहरु आतंकित बनेका छन् । आतंकित गाउलेहरु जिल्लाबाट गएका संचारकर्मीहरु संग खुलेर कुरा गर्न डर्राईरहेका देखिन्थे ।

घरमा भएका गरगहना र सम्पतिहरु सबै लुट्ने उद्देश्यले हत्या गरिएको भए पनि बच्चाको समेत हत्या गरिनुले नजिकैको मान्छेबाट हत्या गरिएको हुन सक्ने गाउलेहरुले बताए । यस क्षेत्रमा धनिमानी यिनिहरु नै थिए छिमेकिले बताए ।

बुधबार गाउँलेहरुले प्रहरीलाई खबर गरेका थिए । खबर पाउने बित्तिकै प्रनाउ पवन कुमार गिरि सहितको टोली घटना स्थलमा पुगेको थियो । तुल्सा र्घर्ति यमकुमारी बगालेको छोरी हुन् उनका श्रीमान् बितिसकेका छन् । उनी लामो समय देखि माईतमा बस्दै आएकी थिईन् । हत्या भएका चार जनाको बुधबार पोष्टमार्टम गरि गाउलेहरुलाई दाह संस्कारका लागि बुझाईएको प्रहरीले जनाएको छ ।

यस घटनाको अपराधिहरुको व्यापक रुपमा खोजीकार्य जारी राखिएको र यसबारे अनुसन्धान भैरहेको र अझै कुनै किसिमको पहचिान र कसैले पनि जिम्मा नलिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बुधबार देखि हत्यारको खोजी र अनुन्धान गरिएको भएता पनि शुक्रबार सम्म पनि कसले केका लागि गरेको हो भन्ने अज्ञात नै रहेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks