Loving nepal news

Thursday, February 25, 2010

हतियार बनाउने सामाग्री सहित पक्राउ

केशव सावद कञ्चनपुर,१४ फागुन

नेपाली सेनाले कञ्चनपुरको झलारीबाट तीनजनालाई हतियार बनाउने सामाग्री सहित पक्राउ गरेको छ। बिहीबार बेलुकी सदरमुकाम भीमनगरबाट बझाङ्गंका लागि छुटेको ना ४ ख ७७१ नम्बरको बसमा भरुवा बन्दुक बनाउन प्रयोग गरिने पाइप लुकाएर लैजाँदै गरेका तीनजनालाई नेपाली सेनाले झलारीको अर्जुनीबाट पक्राउ गरेको हो। शुक्लाफाँटा बन्य जन्तु आरक्षको सुरक्षार्थ खटिएको अर्जुनी स्थीत नेपाली सेनाको चण्डीप्रसाद दल गणका सेनाले बसलाई चेकजाँचका क्रममा उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीका अनुसार नेपाली सेनाले पाईप सहित बझाङ्गं जिल्ला मष्टा गाविस ८ का २७ वर्षिय विष्णु धामी, २८ वर्षिय रणबहादुर धामी र दिलु गाविस १ का २५ वर्षिय विरबहादुर जेठारालाई पक्राउ गरेको हो। प्रक्राउ परेका तीनै जनालाई नेपाली सेनाले जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ। पाईप सहित पक्राउ परेकाहरुको विषयमा छानविन गरिने प्रहरीले बताएको छ। सेनाले बसलाई सामान्य सोधपुछ पछि छाडेको छ। केहि समय अघि सेनाले सोही स्थानमा ठूलो मात्रामा चरेश बरामद गरेपछि चेकजाँच कडा पारेको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks