मुलुक गणतन्त्रात्मक पद्धतिमा गएको चर्चा गर्दै यस ऐतिहासिक अविभारालाई एकता र सहमतिका आधारमा पूरा गर्नुपर्ने
काठमाडौं, ७ फागुन (दैनिकी)
६० औं प्रजातन्त्र दिवस अवसरमा राष्ट्रपति रामवरण यादवले सन्देश दिँदै लोकतन्त्रको बलियो जगमा उभिएर देश बचाउने र बनाउने गहन दायित्व पूरा गर्ने क्षमता हरेक नेपालीमा भएको उल्लेख गरेका छन् । लोकतान्त्रिक संविधान निर्माण गरी मुलुकमा स्थायी शान्ति कायम गर्नु सबैको दायित्व भएको बताएका छन् । ऐतिहासिक अवसरको पूर्ण सदुपयोग र आइपर्ने चुनौती सामना गर्न आपसी विश्वास,सदभाव, सहकार्य एवं सहमतिबाटै सफल हुने उनले बताएका छन् ।
प्रजातन्त्र दिवसका अवसरमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सन्देश जारी गर्दै नयाँ संविधान लेख्ने जिम्मेवारी पूरा गर्न सकेमा नेपाललाई सबै किसिमका संकटबाट मुक्त गराउन सकिने बताएका छन् । लामो संघर्षपछि मुलुक गणतन्त्रात्मक पद्धतिमा गएको चर्चा गर्दै यस ऐतिहासिक अविभारालाई एकता र सहमतिका आधारमा पूरा गर्नुपर्नेमा जोड दिएका छन् । पूर्वराजा ज्ञानेन्द्रले राजा त्रिभुवन र सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै छन् । प्रजातन्त्रको उज्यालो घाम नेपालीका गाउँबस्ती र घरघरमा पुगेको आफूले हेर्न चाहेको र नेपालीहरूबीचको आपसी सद्भाव र एकता कायम रहोस् भन्ने शुभकामनासमेत व्यक्त गरेका छन् ।
२००७ साल फागुन सात गते आजै का दिन नेपालमा प्रजातन्त्र आएको थियो। १०४ वर्षको जहानिय राणा शासनको अन्त्य गर्दै आजैका दिन नेपाली जनताले प्रजातन्त्र ल्याएका थिए। कैयौ देशभक्त वीर सहिदहरुको बलिदानबाट नेपालमा प्रजातन्त्र भित्रिएको हो।त्यसैको सम्झनामा आजैका दिन नेपालमा प्रजातन्त्र मनाउने गरिन्छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks