Loving nepal news

Monday, February 1, 2010

बटलरको प्रस्ताबले प्रिंयकाको मनमा हलचल


काठमाडौं, १८ माघ (दैनिकी)

आठ महिना अगाडी हलिउड का अभिनेता जेरार्ड बटलर मुंबई आउदा बलिउडका अभिनेत्री प्रियंका चोपड़ालाई प्रसताव गरेका थिए। हालै फेरी एक पटक जेरार्डले प्रियंका चोपडा संग न्यूयॉर्कमा पुरा दिन संगै बिताएका थिए।
प्रियंका संग भेट्नका लागी जेरार्ड चलचित्र ‘अंजाना-अंजानी’ को छाँयाकंण स्थलमा पुगेका थिए। चलचित्रका सहयोगीहरुका अनुसार, ‘प्रियंका तथा गेरार्ड एकदम खुशीसाथ भेटेका थिए। जेरार्डले प्रियंकामाथी छाँयाकंण गरेका दृष्यहरुलाई निकै ध्यानपूर्वक हेरेका थिए।
मुक्बईमा हुदाँ जेरार्डलाई प्रियंकाको रुपरंगले यति मस्त बनाएको थियो कि उनले कुनै भारतिएसंग बिवाह गर्न कुनै आपत्ती नरहेको बताएका थिए। त्यती बेला प्रियंका, हरमन बावेजा संग छुट्टिएर शाहिद कपूरसंग लागेको चर्चा थियो। तर अहिले प्रियंका, शाहिदसंग पनि छुट्टिसकेकोले जेरार्ड तथा उनको सामप्यलाई धेरैले अर्थपूर्ण दृष्टिले हेर्न थालेका छन्।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks