संबिधान निमार्ण र सेना समायोजन कुनैपनि हालतमा एकैसाथ गर्न नमिल्ने
प्रियास्मृती ढकाल १४ बाँक
नेपाली काँग्रेसका कार्यबहाक सभापति सुशिल कोईरालाले माओबादी लडाकुलाई सेनामा समायोजन गरिय बिद्रोह हुन सक्ने चेतावनी दिनु भएको छ। प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो चेतावनी दिनु भएको हो। राजनीतिक प्रशिक्षीत ब्यक्तिलाई राष्ट्रिय सेनामा समायोजन गर्नु शान्ति सम्झौता बिपरीत भएको कोईरालाको तर्क थियो।
संबिधान निमार्ण र सेना समायोजन कुनैपनि हालतमा एकैसाथ गर्न नमिल्ने बताउदै कोईरालाले सेना समायोजन पछि मात्र संबिधान जारी गर्नुपर्ने धारणा राख्नु भयो। शान्ति सम्झौताप्रती माओबादी गैर जिम्मेवार देखिएको आरोप लगाउदै उहाले हत्या हिंसा र डरत्रासको राजनितीलाई त्याग्न सुझाव दिनु भयो।
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन दलीय सहमतीको बिकल्प नभएको बताउदै उहाँले माओबादीलाई सहमतीका लागि गम्भिर बन्न आग्रह समेत गर्नुभयो। माओबादीको भनाई र गराईमा कहिलैपनि एकरुपता नभएको भन्दै उहाँले चरित्र सुधारन आग्रह गर्नुभयो। उहाँले शान्ति, सहमती र संबिधान निमार्णका लागि पत्रकारहरुले नै दलहरुलाई झक्झकाउनु पर्नेमा जोड समेत दिनुभयो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks