माओवादी आन्दोलन फेरियो
काठमाडौं, २१ माघ (दैनिकी)
राष्ट्रिय स्वाधीनता र नागरीक सर्वोच्चताको मुद्धालाई उठाउदै आन्दोलन जारी राखेको एकिकृत नेकपा माओबादीले आज पाँचौ चरणको आन्दोलनका कार्यक्रम सार्बजनिक गदैछ । स्थायी समितीको बैठकले तय गरेका आन्दोलनका कार्यक्रमहरु अध्यक्ष प्रचण्डले आज पत्रकार सम्मेलनमार्फत आज सार्बजनिक गर्न लाग्नु भएको हो ।
शान्ति र र संविधानका लागि माओवादीले १ फागुनदेखि २४ चैत्रसम्म प्रचारात्मक आन्दोलन गर्ने र ५ फागुनका लागि तय भएको विस्तारित बैठकसमेत स्थगित गर्ने निर्णय लिएको छ । यसैगरि राष्ट्रिय स्वाधिनताका लागि घरदैलो अभियान संचालन गरिने माओवादीले जनाएको छ । अभियानात्मक आन्दोलनको कार्यक्रममा 'प्रतिक्रान्तिकारी षडयन्त्र बन्द गर, शान्ति र नयाँ संविधान निर्माण सुनिश्चित गर' भन्ने नारा पनि तय गरेको बताइएको छ ।
माओवादीले राष्ट्रिय स्वाधीनता र नागरीक सर्वोच्चताको नारालाई जनस्तरमा पुर्याउनका लागि भन्दै आगामि फागुन ५ गते राष्ट्रीय भेलाको समेत अयोजना गरेकोछ । ५ फागुनका लागि तय भएको विस्तारित बैठकसमेत स्थगित गरेर फागुन ५ गते केन्द्रीय प्रशिक्षणसहित राष्ट्रिय भेला गरिनेछ ।
नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनता, शान्ति, नयाँ संविधानलगायतका विषयमा आन्दोलन गरिरहेको माओवादीले उच्च राजनीतिक संयन्त्र गठनसँगै चौथो चरणको आन्दोलन स्थगित गर्दै स्थायी समितिको बैठक बसेको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks