पवन पौडेल तनहुँ ९ फागुन
नारायणगढबाट पोखरातर्फ आईरहेको ना ३ ख २६९६ नम्बरको बस पृथ्वीराजमार्ग अन्तर्गत घाँसीकुवा बजार नजिकै र्दुघटनाग्रस्त हुँदा ४१ यात्रु घाईते भएका छन् । घाईतेमध्ये पाँच जनाको अवस्था गम्भिर रहेको छ ।
गम्भिर घाईते हुनेहरुमा चितवनका सविना विक,ज्योति खनाल,रुपन्देहीका माधव प्रसाद बराई,रतन बराई,र बाग्लुङका राम पौडेल रहेका छन् । घाईतेहरु सबैको अहिले पोखरास्थित पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको छ ।
गुडिरहेको बसमा एक्कासि करेण्ट सर्टभई बसको बत्ति निभेपछि बस राजमार्गदेखि करिब ३० मिटर तल खसेको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks