Loving nepal news

Thursday, February 4, 2010

वार्षिकोत्सवकै दिन नेटवर्क फेल


काठमाडौं, २२माघ (दैनिकी)

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड आज छ बर्ष पूरा गरी सातौं बर्षमा प्रवेश गरेको छ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको स्थापना कम्पनी ऐन २०५३ अन्तर्गत २०६० माघ २२ गते नेपाल दुरसञ्चार संस्थान प्राधिकरणमा परिणत भएको थियो। अन्तराष्ट्रिय दूरसञ्चार दिवसका दिन पारेर वार्षिकोत्सव मनाइरहेको टेलिकमको यस वर्षको वार्षिकोत्सव भने खल्लो भएको छ ।
एकाबिहानैदेखि टेलिकमको नेटवर्क फेल भएको छ । पीएसटीएन र जीएसएम दुबै सेवाले काम गरेको छैन । टेलिकमले आजैदेखि जीपीआरएस शुल्कमा छुट दिने घोषणा गरेको छ ।
दूरसञ्चार सेवाको क्षेत्रमा विभिन्न सेवा तथा प्रविधिको विकासले नेपालको सञ्चार क्षेत्रमा लोकप्रियता हासिल गरेको नेपाल टेलिकमको सेवाहरु भने गुणस्तरीय हुन नसकेको सेवाग्राहीहरुले गुनासो गर्दै आएका छन्।
सरकारी स्वामित्वको नेपाल टेलिकम कम्पनीमा परिणत भएको छ वर्ष बितिसक्दा पनि साधारणसभा गरेको छैन। पब्लिक कम्पनीले प्रत्येक वर्ष साधारणसभा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। नेपाल टेलिकम २०६० सालमा कम्पनीमा परिणत भएपछि एक पटक पनि साधारणसभा गरेको छैन।
कम्पनीले २०६५ सालको प्रारम्भमा जनतालाई सेयर वितरण गरेको हो। कम्पनी ऐनको प्रावधानअनुसार प्रत्येक कम्पनीले बर्सेनि साधारणसभा बोलाउनुपर्छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks