Loving nepal news

Monday, February 22, 2010

संवैधानिक समितिको बैठक बस्दै

राज्य व्यवस्था समिमिको बैठकमा प्रधानमन्त्री उपस्थित हुने
काठमाडौं,९ फागुन (दैनिकी)

संविधानसभा, संवैधानिक समितिको बैठक आज बस्दैछ । आजको बैठकमा समितिद्धारा गठित उपसमितिले तयार गरेको प्रारम्भिक खाकाको विषयमा छलफल हुने समितिका सभापति निलाम्बर आचार्यले बताउनुभयो । बर्षमान पुन संयोजक रहेको उपसमितिले प्रस्तुत गरेको नयाँ संविधानमा २७ भाग हुने प्रस्तावसहितको प्रतिवेदन माथिको छलफल फागुन ४ गतेदेखि माओवादीको राष्ट्रिय परिक्षणका कारण हुन नसकेको र आजको बैठकबाट प्रतिवेदनमाथिको छलफल तिब्ररुपमा अगाडि बढाउने आचार्यले बताउनुभयो ।
त्यसै गरी व्यवस्थापिका संसद राज्य व्यवस्था समितिले संवैधानिक निकायको नियुक्तिको बारेमा प्रधानमन्त्री माधवकुमार नेपालसँग छलफल गर्ने भएको छ । दिउँसो ३ बजेको बैठकमा आज प्रधानमन्त्रीसँग संवैधानिक निकायमा लामो समयदेखि नियुक्ति गर्न नसकेको बिषयमा समितिले बयान लिने समिति सचिव मुकुन्द शर्माले सीआईएनलाई बताउनुभयो । त्यसअघि दिउँसो सवा १२ बजे प्रसाशनिक पुनर्संरचना आयोगका बारेमा छलफल गर्न पनि समितिको बैठक बस्ने शर्माले जानकारी दिनु भयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks