काठमाडौं, २३ माघ (दैनिकी)
बलिउडका अभिनेत्री तथा बच्चन परिवारकी बुहारी ऎश्वर्या राय बच्चनले विपुल शाहको चलचित्र एक्शन रिप्लेको छाँयाकंणका समय आफ्ना प्रशंसकहरुलाई कुनै वास्ता गरिनन्। यतिमात्र नभई उनले छाँयाकंण स्थलमा भीडहरु बढी भएको भनेर रिस समेत देखाएकी छिन्। हुन पनि उनको छाँयाकंण स्थलमा ठुलो मात्रामा उनका प्रशंसकहरु घण्टौ अगाडी देखी भेला भएका थिए। भीडका हरेक मानिसहरु उनको एक झझल्को हेर्न बसेका थिए।
तर जब ऎश्वर्या राय छाँयाकंण स्थलमा पुगे उनले आफ्ना प्रशंसकहरुलाई हेर्न समेत नहेरी रिसमा स्टुडियोमा पसेकी थिईन्।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks