करीव दुइसय कुखुरा अकस्मात मरे
सञ्जीव चापागाई,झापा १४ फागुन
झापा गौरीगञ्जका एक कृषकले पालेको करिव दुइसय कुखुरा अकस्मात मरेका छन। कुखुरा अकस्मातमरेपछि बर्ड फ्लुको आशंकाले स्थानीयवासी त्रसीत वनेका छन। आज र हिजो गरी स्थानिय नरवाहादुर मगरले पालेको एकसय ९० कुखुरा मरेपछि वर्डफ्लुको आशंका गरीएको छ। जिल्ला पशु सेवा कार्यलय झापाले त्यसवारे अनुसन्धान भइरहेको जनाएको छ। सुरुमा केहि नखाने,भोक्राउने ,छेर्ने लक्षण देखापरेपछि केहि क्षणमै कुखुरा मर्ने गरेको कृषक हरुले वताएका छन। केहि दिन अघि गौरादहका श्याम कार्किले पालेका तिन दर्जन कुखुरा पनि एकै साथ मरेका थिए।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks