मेलाको उद्घाटन ए. माओवादीका अध्यक्ष प्रचण्डले गर्ने
गिरि राज पंगेनी भैरहवा २२ माघ
स्वाधिन अर्थतन्त्र निर्माणका लागि औद्योगिकीकरण तथा ब्यापार विविधिकरण मूल नाराका साथ आजदेखि भैरहवामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव शुरु हुदै छ ।
फागुन २ गते सम्म चल्ने मेलाको मध्यान्न १२ बजे पुर्व प्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
उद्घाटन पुर्व भैरहवाको बुद्धचोकबाट झाकि सहितको र्याली निकालीने र सो र्यालिले नगरको बिभिन्न भागको परिक्रमा गरी मेला स्थल स्थानिय सिर्द्धार्थ रंगशालामा पुगेर अन्त्य गरिने छ । मेलामा उद्योग वाणिज्यका १६, सूचनाप्रविधिका ४५, अटोका २१, होटल रेस्टुरेन्टका २५ र बेकरी आइसक्रिमका २८ स्टल सहभागी हुनेछन् ।
मेलामा बुद्ध जन्मस्थल लुम्बिनीको निशुल्क भ्रमण, सोलार कार, विश्वकै होचा ब्यक्ति खगेन्द्र थापा मगर, पाल्पाली करुवा, जनजातिका खानाका परिकार, राष्ट्रिय कलाकारको प्रस्तुति, दोहोरी तथा खुल्ला नृत्य प्रतियोगिता र स्थानीय जनजातिका कला संस्कृति, बाल उद्यान, विद्युतीय पिङ आदि विशेष आकर्षा रहने प्रचार प्रसार संयोजक तथा प्रबत्ता हेमराज कोइरालाले जानकारी दिनु भयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks