Loving nepal news

Monday, February 1, 2010

श्रीमद् भागवत ज्ञान महायज्ञ सम्पन्न

महायज्ञमा झण्डै साँढे २७ करोड संकलन
कपिल भट्ट कैलाली, माघ १७

धनगढीमा अन्तर्राष्ट्रिय स्तरको कलेज स्थापनाको सहयोगार्थ माघ १० गतेदेखि सञ्चालन भएको श्रीमद् भागवत ज्ञान महायज्ञ आज सम्पन्न भएको छ ।प्रस्तावित धनगढी इन्टरनेशनल कलेज स्थापनाका लागि सहयोग संकलन गर्ने उद्देश्यले सञ्चालन गरिएको महायज्ञमा, महायज्ञ अवधिभर नगद र जिन्सी गरी २७ करोड ३८ लाख ८५ हजार नौ सय ८४ रुपैँया संकलन भएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार महायज्ञ अवधिभर नगद ६८ लाख ७४ हजार नौ सय ४३, भूमिदानबाट २५ करोड ९३ लाख २१ हजार २ सय २१, तुलादानबाट पाँच लाख ९१ हजार चार सय ९७, बागदानबाट ६८ लाख, ९३ हजार छ सय १७, कलसबाट एक लाख २८ हजार पाँच सय पाँच रुपैँया संकलन भएको छ ।
यस्तै महायज्ञमा करिब ७५ हजार बराबरको धान र चामलपनि संकलन भएको छ ।
सात दिनसम्म सञ्चालन भएको महायज्ञमा बाचन प्रविण पण्डित दिनबन्धु खरेलले सांगीतिक प्रवचन गरेका थिए । महायज्ञमा हजारौको संख्यामा श्रद्धालु भक्तजनहरुको उपस्थिती रहेको थियो । धनगढीमा निर्माण हुने सो कलेज स्थापनाका लागि महायज्ञबाट २० करोड रुपैयाँ भन्दा बढि नगद तथा जिन्सी संकलन हुने आयोजकले अनुमान गरेको थियो ।
प्रस्तावित कलेजमा अन्तर्राष्ट्रिय स्तरको पठनपाठन हुने जनाइएको छ । सो कलेजमा व्यवस्थापन तथा विज्ञान संकायको स्नातक र स्नातकोत्तर तहको पर्ढाई हुने बताइएको छ। आगामी तीन वर्षभत्र निर्माण कार्य पुरा भई पठनपाठन सञ्चालन हुने लक्ष्य लिइएको सो कलेज नेपालकै नमुना कलेज हुने अपेक्षा गरिएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks