मनोरञ्जन शर्मा ढाका २२ ,माघ
अहिले सम्म स्वर्ण तथा रजत जित्न नसकेका नेपाली खेलाडीहरुले बंगलादेशमा जारी एघारौ सागको आठौ दिन पनि नेपालीहरुलाई स्वर्ण तथा रजत पदक दिलाउन सकेनन् ।
आज भएको बिभिन्न खेलमा नेपालले थप २ काश्य पदक जितेको छ भने कम्तीमा ३ काश्य पदक सुनिश्चीत गरेको छ । आज भएको उसुको सान्सौ तर्फो ४८ केजी तौल समुहको सेमिफाइनलमा एलिना चौधरी र ६० केजीमा झरना गुरुङ्ग भारतीय खेलाडीसंग हार्दा नेपालले काश्यमा चित्त बुझाएको हौ । यसअघि पाकिस्तानी टोसना हनिफलाई पराजित गर्दै चौधरी र श्रीलंकन मोलिनी पाथिरानालाई किनारा लगाउदै गुरुङ्ग सेमिफाईनलमा प्रबेश गरेकि थिईन् । पुरुषोत्तम रिजाल भने वाइ पाएर यसअघि नै अन्तिम ४ मा पुगिसकेका छन् । । रिजालले पनि कम्तिमा कास्य पदक सुनिश्चीत गरेका छन् ।
उता सान्सौको ५२ केजी तौल समुहमा समि लामा पाकिस्तानी खेलाडीसंग, ६० केजीमा प्रेम दर्लामी श्रीलंकन खेलाडीसंग तथा ६५ केजीमा विरसिंह तामाङ्ग श्रीलंकन खेलाडीसंग पराजित भएका छन् ।
उता भोलिबाट सुरु हुने तेक्वान्दोमा नेपालले १ कास्य पदक जित्ने निश्चीत भएको छ । ५७ केजी तौल समुहमा मनिता शाहीले वाई पाएर सिधै सेमिफाइनलमा प्रवेश पाएपछि मनिताले कम्तीमा काश्य सुनिश्चीत गरेकि हुन् । पदकको आशा गरिएको तेक्वादोका खेलहरु भोलीबाट शुरु हुंदैछन् । यसैबिच आज बाट शुरु भएको बक्सिङमा नेपालले खराव प्रदर्शनका बाबजुद् पनि कास्य पदक हात पार्ने निश्चीत भएको छ । ४८ किलो तौल समूहमा सहभागिता जनाएका सचिन राउत अफगानी खेलाडीसंग कम्पल्सरी काउन्ट लिमिटमा पराजित भएपनि ५१ कैजी तौल समुहमा लक्ष्मण साउद वाई पाएर सिधैं सेमिफाइनल प्रवेश गरेका छन् । उनले कम्तिमा कास्य पदक प्राप्त गर्ने निश्चीत भएको छ । बक्सिङका अन्य खेलहरु भोलि हुनेछन् । ६४ किलो तौल समूहमा सुशिल घिमिरेले, ६० किलोमा अजित गुरुङ, ५७ किलोमा दिनेश श्रेष्ठले तथा ५४ किलो तौल समूहमा देबेन्द्रराज ठकुरीले प्रतिष्पर्धा गर्दैछन् ।
उता नेपाल आज हृयाण्ड बलको काश्य पदकका लागी भएको खेलमा आयोजक बंगलादेश संग पराजित भएको छ । सेमिफाइनलमा पराजित भएपछि कास्यकालागि आज भएको खेलमा नेपाल बंगलादेशसंग ४२/११ ले पराजित भएको हो ।
नेपालले आज स्वीमिङ्गमा समेत खराब प्रदर्शन गरैको छ । हिट चरणको प्रदर्शनमा सुधार गर्न नसक्दा नेपाली खेलाडीले अन्य मुलुकका खेलाडीलाई उछिन्न समेत सकेनन्। २ सय मिटर इण्डिभिजुअल मिड्लेमा शैलेश राणा, ५० मिटर बटरफ्लाईमा करिष्मा कार्की, ५० मिटर ब्रेष्ट स्ट्रोकमा नयना शाक्य, र सय मिटर प्रिm स्टाइलमा प्रसिद्धजङ्ग शाह अन्तिम स्थानमा रहै भने विविधा रिमालले ५० मिटर ब्रेष्ट स्ट्रोकमा सातौं स्थान औगटिन । यसअघि आज बिहान सबै खेलाडीले हिट चरण पार गर्दै फाइनलमा स्थान सुरक्षित बनाएका थिए ।
यसैबिच, सुटिंगको १० मिटर एअर पेस्तोल तर्फनेपाली पुरुष टिम पाचौ स्थानमा सिमीत भएको छ । ५ राष्ट्रको सहभागीता रहेको सुटिंगमा नेपालले अन्तिम स्थान पाएको हो । नेपालका तर्फाट सहभागी खेलाडीमध्ये बज्रउद्धिन अन्सारीले कुल ६ सय अंक मध्ये ५ सय ४९ अंक प्राप्त गरे भने सुधन खडकाले ५ सय ४१ र अनिल ठकुरीले ५ सय २० अंक प्राप्त गरे । नेपाली खेलाडीहरु अन्तिम ८ मा पर्न नसकेपछी इन्डिभिज्युअलबाट समेत बाहिरिएका छन् ।
गल्फमा पनि नेपाली खेलाडीले खस्किएको प्रदर्शन गरैका छन् । पहिलो दिन आठौं स्थानमा रहेका दिपक आचार्यले आज तेस्रो दिन खराब प्रदर्शन गर्दै ९ ओभर पार ८१ को स्कोर बनाएपछि १५ औं स्थानमा झरेका छन् । रुपेशले समग्रमा २ सय ३१ को स्कोर कार्ड बनाए । त्यसैगरी विष्णुप्रसाद शर्मा, टासी घले, र टासी छिरिंगले पनि खराव प्रदर्शन गरे ।
उता स्क्वासको टिमर् इभेन्टमा नेपाल भारत संग तिन शुन्यले पराति भएकौ छ । उता कुस्तीको उदघाटन खेल पनि आज सुरु भएको छ ।
नेपालले आठौ दिन सम्ममा गरी ११ काश्य पदक जितिसकेको छ भने ३ काश्य सुनिश्चीत गरेको छ
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks