चल्नु पर्छमाओबादीलाई पन्छाएर संबिधान बन्न नसक्ने
मनोरञ्जन शर्मा भैरहवा, ९ फागुन
नेपाली कांग्रेसका युबा नेता तथा सिचाई मन्त्री बालकृष्ण खाँडले देशले परीवारबाद नचाहेको अबस्थामा कांग्रेस पार्टीले पनि सोही अनुसार चल्नु पर्ने बताउनु भएको छ ।
भैरहवामा सञ्चारकर्मि संग संक्षिप्त कुराकानी गर्दै मन्त्री खाँडले उक्त कुरा बताउनु भएको हो। उहाले अब हुने कांग्रेस महाअधिबेशन पछी पार्टी शिर्षनेताहरुलाई सम्मान दिनु पर्ने उल्लेख गर्दै महाअधिबेशन पछी कांग्रेस संचालन प्रणाली समेत बदलिने दाबी गर्नु भयो ।
खाँडले मुलुकलाई बलियो बनाउन कांग्रेस र कांग्रेसलाई बलियो बनाउन कार्यकर्ता लाई बलियो बनाउनु पर्ने जिकिर गर्नु भयो । कार्यकर्ताको हित र सुरक्षालाई भए पनि कांग्रेसमा परीबर्तन हुन जरुरी छ ,उहाले भन्नु भयो । अब पनि पुरानो मतमतान्तर,गुट उपगुट कायम राख्न हुदैन् । सबै एक कदम अघी आएर काम गर्नै पर्छ र यो कुरा शिर्षथ तहबाट उठनै पर्छ खाँडले भन्नु भयो । प्राबिधिक रुपमा एक भए पनि भावनात्मक रुपमा पार्टी एक हुन नसकेको मा दुखेसो पोख्दै खाडले नेपाली कांग्रेसका बिभाजन एक दुर्घटना र एकिकरण समयको माग भएको उल्लेख गर्नु भयो ।
नेपालमा लोकतान्त्रीक शक्तीहरुको केन्द्रका रुपमा नेपाली कांग्रेस रहेको र कांग्रेस कमजोर बन्यो भने प्रजातन्त्रनै कमजोर रहने उहाको कथन थियो । उहाँले गएको संबिधान सभाको निर्बाचनमा मधेसलाई सम्बोधन गर्न नसकेकै र उम्मेदवार चयन प्रकिया पनि राम्रो नहुदा मधेशमा कांग्रेसले हार ब्यहोरेको बताउदै अब सबैको प्रतिनिधीत्व हुने गरी काम गरीने औल्याउनु भयो । मन्त्री खाँडले कांग्रेसको महाअधिबेशन जति छिटो भयो त्यती राम्रो हुने उल्लेख गर्दै सबै अन्यौललाई चिर्न पनि कांग्रेसको महाअधिबेशन छिटो हुनु पर्ने उहाको भनाई थियो । माओबादीले आफुलाई परीस्कृत गरी बहुलबादमा बिश्वास गर्न आग्रह गर्दै माओबादीलाई पन्छाएर संबिधान बन्न नसक्ने दाबी समेत गर्नु भयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks