Loving nepal news

Saturday, February 27, 2010

दिलवाले दुल्हनियां ले जाएंगेले ७५० हप्ता पुरा गर्यो


काठमाडौं, १६ फाल्गुण (दैनिकी)

हिंदी चलचित्र जगतकै एक सफलतम चलचित्र दिलवाले दुल्हनिया ले जाएंगेले एकै सिनेमाघरमा लगातार ७५० हप्ता सम्म प्रदर्शन पुरा गरेको छ। मुम्बईको मराठा मंदिर नामक सिनेमाघरमा यस चलचित्रले आईतबार प्रदर्शन भएको ७५० हप्ता पुरा गरेको छ। आदित्य चोपडाको निर्देशनमा तयार भएको यस चलचित्रमा शाहरूख खान, काजोल, अमरिस पुरी, फरिदा जलाल, अनुपम खेर, शतिस शाह तथा करण जौहर प्रमुख भुमिकामा खेलेका थिए।
यस चलचित्रले शाहरूख खानलाई बलिउडमा किंग खान बनाउन ठुलो योगदान दिएको थियो। यसै चलचित्र देखी शाहरूख तथा काजोलको जोडीलाई दर्शकहरुले मन पराउन थालेको हो। यस पछी यी दुईले अभिनय गरेका सबै चलचित्रहरु धुमधाम चलेका थिए। यिनीहरुको जोडीलाई बलिउडको हालसम्मकै एक सफलतम रोमांटिक जोडीको रुपमा लिने गरेको छ। यशराज फिल्म्सले निर्माण गरेको चलचित्र दिलवाले दुल्हनिया ले जाएंगे २० अक्टूबर १९९५ का दिन संसारभर प्रदर्शन शुरु भएको थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks