Loving nepal news

Wednesday, February 10, 2010

तनहुँको छिम्केश्वरीमा ग्राभिटि रोपवे बन्दै

पवन पौडेल तनहुँ २७ माघ

युरोपियन यूनियनको आर्थिक सहयोग तथा प्राक्टिकल एक्सन र एनजिओ नेर्टवर्क तनहुँको प्राविधिक सहयोगमा तनहुँको छिम्केश्वरी गाविसका जनताको स्थानिय उत्पादन बजारसम्म सहज पहुँच पुर्याउनका लागि ग्राभिटि रोपवे निर्माण शुरु गरिएको छ। चितवनको मुग्लिङ- नारायणगढ सडकखण्डको ६ किलो तथा तनहुँको छिम्केश्वरीको बरालुङ गाउँमा यसका लागी जग गाड्ने तथा तार बाँध्ने काम जनसहभागितामा चलिरहेको छ ।
नौ सय अन्ठान्नब्बे मिटर लम्बाईको सो रोपवे निर्माण भएपछि छिम्केश्वरी तथा आसपासका गाउँ विकास समितिका करिब दुइ सय आठ घरपरिवार कृषक लाभान्वित हुने भएका छन् । रोपवे निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका किसानहरुको स्थानिय उत्पादन अर्गानिक उत्पादनहरु,तरकारी तथा सुन्तला चितवनको मुग्लिङ तथा नारायणगढ तथा काठमाडौं बजार पुर्याउन सहज हुने एनजिओ नेर्टवर्क तनहुँका कोषाध्यक्ष विस्सु थापाले जानकारी दिनुभयो ।
एनजिओ नेर्टवर्क तनहुँको सक्रियतामा यसअघि निर्मित ग्राभिटि रोपवेले तनहुँको देवघाट तथा निकटका वैदी,कोटा लगायतका गाउँ विकास समितिका बासिन्दालाई उत्पादन बजार पुर्याउन सजिलो बनाएको स्थानिय बासिन्दाको भनाई रहेको छ । ग्राभिटि रोपवे तनहुँमा लोकप्रिय भएपछि अन्यत्र समेत माग आएको पहुँच कार्यक्रमका व्यवस्थापक जीवन केसीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks