काठमाडौं, २८ माघ (दैनिकी)
एयर काष्ठमण्डप प्रालिले देशका विकट पहाडी क्षेत्रमा एकल ईन्जिनको दुईबटा जहाजहरुबाट सेवा प्रदान गर्दै आइरहेकोमा बिहिबार दिनको १.२० मा आफ्नो तेस्रो बिमान त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा अवतरण गरेको छ।
एयर काष्ठमण्डप प्रालिलेभने आफ्ना तीनबटै नँया बिमान ल्याई सेवा प्रदान गरेर बिमान कम्पनीहरुका बीच एक उदाहरणिय कार्य गरेको छ। अधिकांस बिमान कम्पनीहरुले पुराना बिमानहरु ल्याइ नेपालमा हवाई सेवा संचालन गर्ने गरेकोमा हाल आएर नँया बिमानहरु ल्याउन थालेका छन। यस कम्पनीका बिमानहरुले सुर्खेतबाट सुदुर पश्चिम क्षेत्रमा उडान गरी आफ्नो सेवा दिइ रहेको छ।
न्युजील्याण्डमा निर्मित ७५० 'एक्स' स्टल बिमान अवतरणकालागी छोटो दुरीको धावनमार्ग भए पुग्ने हुनाले देशको विकट पहाडी क्षेत्रका लागी यस्ता बिमान अति उपयुक्त रहेको छ। यस अलावा यस बिमान अटो पाईलट विधिमा पनि संचालन हुने भएबाट सुरक्षाको दृष्टिकोणले समेत यो बिमान निक्कै राम्रो रहेको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks