काठमाडौं, २१ माघ
बलिउडका अभिनेता शाहिद कपूर तथा अभिनेत्री करीना कपूर को जोडी टुटी सकेतापनि पेरी उनीहरु एक साथ देखापर्ने भएका छन्। बोनी कपूरले धेरै अगाडी देखी बनाउन थालेको चलचित्र मिलेंगे-मिलेंगेको स्पेशल सांगितिक भिडियोका लागी उनले शाहिद र करीनालाई एक साथ लिन लागेको हो। यी दुई कलाकारहरुले पनि आफुहरुलाई पेसेवर देखाउँदै यस सांगितिक भिडियो खेल्न स्विकारेका छन्।
धेरै समय अगाडी चलचित्र जब वी मेटको छाँयाकंणको बेला देखी नै शाहिद तथा करीना को सम्बन्ध टुटेको थियो। यस चलचित्रको प्रदर्शनको समयमा करीना तथा सैफको प्रेम सम्बन्ध शुरु भईसकेको थियो। तर दर्शकहरुले चलचित्र जब वी मेटमा शाहिद तथा करीना को जोडीलाई निकै मन पराएकोले यस चलचित्र सफल भएको थियो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks