कपिल भट्ट/कैलाली, २३ माघ
अनेरास्ववियुकी केन्द्रिय अध्यक्ष रामकुमारी झाक्रीले सरकार र राजनीतिक दलहरु संविधान निर्माणमा गम्भिर नभएको बताएकी छिन ।
अनेरास्ववियू सुदूरपश्चिमाञ्चल ब्यूरोले समयमै संविधान निर्माणका लागि दलहरुलाई दवाव दिन शुक्रबार धनगढीमा आयोजना गरेको दवाव सभालाई सम्बोधन गर्दै झाक्रीले आफ्नै पार्टीले नेतृत्वमा रहेको सरकार र दलहरु संविधान निर्माण भन्दा सत्तामोह र दलगत स्वार्थमा लागेको आरोप लगाईन ।
'संविधान बनाउनु सट्टा कुर्सी र दलगत स्वार्थमामात्रै नेताहरु क्रियासिल छन ।' उनले भनिन्-'सत्ताको हानथापका कारण संविधान निर्माण र जारी शान्ति प्रक्रिया धरापमा परिरहेको छ ।
'२०६७ जेठ १४ गते संविधान जारी हुने दिन भनि तोकिएपनि निर्धारित समयमा संविधान बन्छ या बन्दैन ।' यी दुइ प्रश्नहरुको बिचबाट देश गुज्रिरहेको बताउदै अध्यक्ष झाक्रीले समयमै जनमुखि संविधान निर्माणमा दलहरुलाई क्रियाशिल गराउन सम्पूर्ण सचेत नागरिकहरुको दवाव आवश्यक रहेको बताईन् ।
निर्धारित समयमा संविधान नबने देश ठूलो दुघटनामा फस्ने चिन्ता व्यक्त गर्दै उनले जनमुखी संविधान निर्माण गर्नका लागि सचेत नेपाली नागरिक तथा बौद्धिक वर्ग एक पटक दवाव आवाज उठाउनै पर्ने बताईन् ।
माओवादीले जातीवाद राज्यको मुद्दा उठाएर साम्राज्यबादी चरित्र प्रस्तुत गरिरहेको आरोप लगाउदै अध्यक्ष झाक्रीले निमुखा, गरिब नेपाली जनताहरुले जातीय राज्य नभएर, शान्त र समृद्ध नेपाल मागेको बताइन् ।
उनले भनिन्-'माओवादीले जातीय राज्य घोषणा गरि गरिबका छोराछोरीलाई लडाएर आफू फायदा लिन खोजेको छ, यसको ज्वलन्त उदाहरण कैलालीको डुडेझारी घटना हो ।'
द्वन्द्वकालमा भएका घटनाहरुको छानविन गरि शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउन सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरिनुपर्ने बताउदै उनले माओवादी आफू प्रमुख दोषी हुने थाहापाएपछि आयोग गठनमा बाधक बनिरहेको बताईन् ।
'माओवादीका व्यवहार शान्ति प्रक्रियामा आइसकेपनि सुध्रिएका छैनन अझै घर जग्गा, सम्पत्ति कब्जा, ढुङ्गा हानाहान,कुटपिट, हत्या,हिंसा जस्ता कार्यतर्फउद्दत रहेको बताउदै अध्यक्ष झाक्रीले माओवादी देशको ठूलो र जिम्मेवार राजनीतिक दल हुदाहुदैपनि राज्य र सरकार भन्दा माथि उठेर अवैधानिक काम गरिरहेको छ यस्तो व्यवहारले कसरी समयमै संविधान बन्छ - भनिन् ।
माओवादीले ३१ हजार सेना र ३१ सय हतियार देखाउदासम्म तत्कालिन सरकार,त्यसको निगरानी गर्ने अनमिन र नागरिक समाज किन चुप लागेर बस्यो प्रश्न गर्दै उनले भनिन् -'माओवादीले जे भन्यो त्यही कुरामा सही थप्ने नेताहरुका बानीले अहिले समयमै जनमुखि संविधान नबन्ने खतरा रहेको छ । उनले अनमिनले स्वतन्त्र अनुगमन कर्ताको भूमिका नखेलेर व्रि्रोही प्रवक्ताको काम गरेको समेत आरोप लगाईन् ।
माओवादी शान्ति प्रक्रियाको आधा हिस्सा भएको बताउदै उनले माओवादीलाइृ अलग राखेर संविधान निर्माण तथा शान्ति प्रक्रिया तार्किक निष्कर्षा नपुग्ने हु“दा माओवादीले जिम्मेवार बन्नुपर्ने उनले बताईन ।
अध्यक्ष झाक्रीले विस्तृत शान्ति सम्झौताको अक्षरशः पालनाहुनुपर्नेमा पनि जोड दिईन् ।
कार्यक्रममा बोल्दै नेकपा एमालेमा सेती अञ्चल सचिव महेश्वर पाठकले समयमै संविधान नबने देश ठूलो दर्ुघटनामा पर्ने र राज्यको पुनसंरचना हुन नसक्ने बताउर्दै राजनीतिक सहमतिको बाधक माओवादी बनिरहेको बताए । 'माओवादी आन्दोलनको नाममा ढुङ्गामुढा गरिरहेको छ, क्रान्तिको नाममा रक्तपात गरिरहेको छ कसरी संविधान बन्छ -
यस्तै अनेरास्ववियुका सचिव किशोर विक्रम मल्लले जेठ १४ गते नया“ जनमुखि संविधान जारी नभए संविधान सभाको लोगो र नेताहरुले लगाएका कोटहरु खोलेर सडकमा ल्याउने चेतावनी दिए । उनले संविधान निर्माण गराउन उद्योगी व्यवसायी, विद्यार्थी, नागरिक समाज सबैले एकचोटी फेरी सडकमा ओर्लिनुपर्ने धारणा राखे ।
कार्यक्रममा, शिक्षाविद् तथा कैलाली बहुमुखि क्याम्पसका पर्ूव क्याम्पस प्रमुख डां हेमराज पन्त, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष दर्ीघराज उपाध्याय, लोकतन्त्र र शान्तिकालागि नागरिक समाजका उपाध्यक्ष धर्मराज पाठक, अनेरास्वविय पर्ूव केन्द्रिय सदस्य यज्ञराज बास्तोला, एमाले कैलाली उपाध्यक्ष हनुमान चौधरी, अनेरास्ववियु केन्द्रिय सदस्य नवीना लामा, केन्द्रिय सचिवालय सदस्य रचना खड्का, एमाले अनुशासन विभाग सदस्य गणेश विक लगायतले बोलेका थिए ।
उनीहरुले समयमै संविधान बनाउन दलहरुले एकमत भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
अनेरास्ववियु सुप व्यूरो प्रमुख महेश पन्तको सभापतित्वमा सम्पन्न दवाव सभामा अनेरास्ववियुका केन्द्रिय सदस्य विष्णु चन्दले स्वागत मन्तव्य राखेका थिए ।
दवावसभा गर्नुपूर्व धनगढीको ट्राफिक चोक र क्याम्पसचोकबाट कार्यक्रमस्थल जिल्ला विकास सम्म दवाव र्याली निकालिएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks