सलमान क्लॉडियाको रुप रंग बाट मोहित भएको
काठमाडौं, १० फागुन (दैनिकी)
बलिउडका बीर अर्थात अभिनेता सलमान खान तथा बिग बसका प्रतिस्पर्धी जर्मन ग्लैमर क्लॉडिया सेसलाको एक पार्टीमा भेट भएको थियो। उक्त पार्टीमा एक अर्कासंग परिचय भएदेखी अभिनेता सलमान , क्लॉडियाबाट मुग्ध भएको छ। उनले त्यसै भेटका अवसरमा क्लॉडियालाई चलचित्रमा खेलाउने वचन समेत दिएका छन।
यसै समयदेखी भारतिय चलचित्र उद्योग जगतका मानिसहरुले क्लॉडिया तथा सलमानका बीच कुनै प्रकारको सम्बन्ध बढ्दै गईरहेको शंका गर्न थालेका छन्। आवकाल सलमानले आफ्नो नँया चलचित्रमा क्लॉडियालाई लिने हल्ला चल्न थालेको छ।
बिग बसको प्रसारणको बेला क्लॉडिया तथा बिग बसका अर्का प्रतिस्पर्धी प्रवेश राणा बीच प्रेम चलेको हल्ला निकै तातेको थियो। तर उक्त कार्यक्रम सकेपछी यी हल्लाहरु शान्त भएका थिए। हालै सलमानले क्लॉडियालाई आफ्नो घरमा कार पठाएर लगेको थियो।
यसले गर्दा सलमान क्लॉडियाको रुप रंग बाट मोहित भएको र उनीहरु बीच प्रेम सम्बन्ध शुरु भएको खबरले चर्चा पाएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks