Loving nepal news

Saturday, February 27, 2010

वाईसीएल कार्यकर्ताको हत्या

प्रियास्मृती ढकाल बाँके १६ फागुन

सुर्खेतको साहारे बोटेचउरमा धारिलो हतियार प्रहार गरेर गएराति एकजना वाईसीएल कार्यकर्ताको हत्या भएको छ । हत्या हुनेमा सुर्खेत महिनतडा गाविसका आशाराम विक रहेका छन् । केही दिनअघिको सामान्य राजनीतिक विवादको विषयमा युथफोर्सका कार्यकर्ताले धारिलो हतियारले आक्रमण गरी विकको हत्या गरेको वाईसीएलले जनाएको छ। आक्रमणमा माओवादी समिर्थत स्थानीय शिक्षक हिराबहादुर विक घाइते भएका छन् । उनको सुर्खेत सदरमुकाममा उपचार भइरहेको छ । युथफोर्सका कार्यकर्ताहरु टोकेन्द्र थापा, भीमबहादुर केसी, दत्त र्घर्ती, जनबहादुर बुढा र कल्याणबहादुरस केसीले विकको हत्या गरेको वाईसीएलले दावी गरेको छ । हत्याको अभियोग लागेका पाँचैजना हाल फरार रहेको रूप्रहरीले जनाएको छ । यसैबीच हत्याको बिरोधमा एकिकृत नेकपा माओवादी सुर्खेत एरीया न. २ ले आज छिन्चु सल्ली सडक खण्ड बन्द गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks