काठमाडौं, ५ फागुन (दैनिकी)
सबै जसो ठुला दलहरुले मुलुकको राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा छलपल गर्दै छन् । ठुला तीन दल एकीकृत नेकपा माओवादी, नेपाली काग्रेस र नेकपा एमाले गन्तब्य पहिल्याउन छलफलमा ब्यस्त बनेका छन् ।
यसकोलागी माओवादीको राष्ट्रिय कार्यकर्ता प्रशिक्षण भेला आज बुधवारबाट सुरु हुँदैछ । सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक पनि बुधवारबाटै राजधानीमा सुरु हुँदैछ भने अर्को सत्तारुढ काग्रेसको केन्द्रीय कमिटिको बैठक राजधानीमा जारी रहेको छ ।
लामो समयदेखि जारी राजनीतिक गतिरोध अन्त्य गर्ने प्रयासले मुर्तरुप पाउन नसकेपछि पार्टीको भावी रणनीति तय गर्न दलहरु छलफलमा जुटेका हुन् ।
माओवादीले बोलाएको भेला निर्धारित समयमा संविधान बन्ने संभावना क्षिण बन्दै गएको अवस्था जेठ १४ गतेपछि पार्टीले गर्ने जनविद्रोहको तयारीको विषयमा रणनीति तय गर्ने बताईएको छ ।
त्यसैगरी भेलाले पार्टीको पोलिटब्यूरो, स्थायी कमिटि र केन्द्रीय कमिटिमा सदस्य थप गर्ने निर्णय गर्ने छ । भेलामार्फत माओवादीले पार्टीभित्रको विवाद अन्त्य भएको र पार्टी एक ठिक्का भएको सन्देश प्रभाह गर्ने योजनासमेत बनाएको छ ।
त्यसैगरी लामो समयदेखि आन्तरिक विवादमा फसेको एमाले केन्द्रीय कमिटिको बैठकमा सरकारको प्रभावकारिताको बारेमा समिक्षा गर्ने भएको छ । बैठकमा बर्तमान राजनीतिक गतिरोध अन्त्यको विषयमा पार्टीको भूमिका प्रभावशाली हुन नसकेको विषयमा पनि छलफल हुने र भावी रणनीति तय गर्ने बताईएको छ ।
बाह्रौ महाधिवेसनको मिति तय गर्ने विषयलाई लिएर आन्तरिक विवादमा फस्दै आएको काग्रेस पनि एक सातादेखि छलफलमा रहेको छ । जारी केन्द्रिय समितिको बैठकमा बर्तमान राजनीतिक गतिरोधको अन्त्यमा पार्टीले खेलेको भूमिकालाई प्रभावकारी बनाउन चाल्नु पर्ने विषयमा ठोस रणनीति तय गर्ने बताईएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks