काठमाडौं, १९ माघ (दैनिकी)
राष्ट्रपति डा. रामवरण यादवसँग प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति भवन शितल निवासमा मंगलबार विहान भेटवार्ता गर्नुभएको छ। उहाँहरुबीचको यो नियमित भेट हो।
यसअघि हिजोमात्र माओवादीले संयन्त्रको बैठकमा सरकार परिवर्तनको कुरा उठाएको र संयन्त्रका संयोजक गिरिजाप्रसाद कोइरालाले पनि मौन समर्थन गरेको समाचार बाहिर आएलगत्तै प्रधानमन्त्री नेपालले राष्ट्रपतिसँग समय मागेर भेट्नुलाई अर्थपूर्ण मानिएको छ ।
भेटका अवसरमा उहाँहरुका बीचमा मुलुकका समसामयिक अवस्थाका बारेमा छलफल भएको थियो। प्रधानमन्त्री नेपालले शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन सरकार क्रियाशील रहेको उल्लेख गर्दै कार्ययोजनाका साथ अघि बढेका कारण समयमै यो काम सफलतामा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो। विभिन्न वाधा–अवरोध आए पनि यस कार्यलाई निर्धारित मितिमा टुंगोमा पुर्याउन आफूले हंदैसम्मको प्रयास गरिरहेको बताउँदै प्रधानमन्त्री नेपालले भन्नुभयो– …त्यसका लागि विशेष समितिले काम अगाडि बढाइरहेको छ। यसमा सम्बद्ध सबै पक्षको सहयोग जरुरी छ।' शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा नपुर्याई संविधान लेख्न नसकिने भएका कारण सबभन्दा पहिला यसलाई टुंग्याउन आफू लागिपरेको उहाँले बताउनुभएको थियो।
डेनमार्कको कोपनहेगनमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा नेपालले राखेको अडान कायम राख्दै …कोपनहेगन एकर्ड' लाई समर्थन गरिएको जानकारी प्रधानमन्त्री नेपालले दिनुभएको थियो।
उहाँहरुका बीचमा एक घन्टा कुराकानी भएको थियो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks