Loving nepal news

Thursday, February 11, 2010

कानुनको शासन पहिलो प्राथमिकताः गगन थापा

यज्ञमूर्ति तिमिल्सिना/पाल्पा २८ माघ

नेपाली कांग्रेसका युवा नेता गगन थापाले कानुनको शासनलाई व्यवहारमा प्रत्यक्ष प्रत्याभुत नगर्दासम्म नेपाल जस्तो सानो देश टिक्न नसक्ने बताएका छन्। नेपाल विद्यार्थी संघ पाल्पाले प्रकाशन गरेको परिवर्तन २०६६ मुखपत्रको विमोचन कार्यक्रममा सहभागी हुन पाल्पाको तानसेन आइपुगेका नेता थापाले माओवादीमा देखिएको २ धारलाई मिलाउने नाममा प्रचण्डले पार्टी भित्रै रजाई गरेका छन् भने । विमोचन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थापाले सबै दलबीच सहमति र सहकार्य हुन सके ४ महिना भित्रै नयाँ संविधान निर्माण गर्न सकिने विश्वास व्यक्त गरे ।
विमोचन कार्यक्रममा युवा नेता थापाले माओवादीले अगाडि सारेको जातीय राज्यको विरोध कांग्रेसले गर्दैमा जातीयता प्रति कांग्रेस सम्वेदनशील छैन भन्नु भ्रम भएको बताए ।
यसअघि धेरै समय नेपाल विद्यार्थी संघको बागडोर सम्हालिसकेका संविधान सभाका सभासद् समेत रहेका थापाले मान्छे जन्मेपछि जसरी आफूले चाहेको नाम राख्न पाउछ त्यसैगरी नै आफूले चाहेको थर राख्न पाउनुपर्ने कुरा आफूले संविधानसभामा उठाउँदा अन्य सभासद्हरुले आफूलाई बौलाहा भनेको आरोप लगाए ।
नेविसंघ पाल्पाकी अध्यक्ष सुनिता अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्यहरू हिमालदत्त श्रेष्ठ, युवराज पाण्डे, उदयराज घिमिरे, नेपाली कांग्रेस पाल्पाका सभापति राजनप्रसाद पन्त लगायतले बोलेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks