Loving nepal news

Wednesday, February 17, 2010

क्याम्पसमा आजबाट अनिश्चितकालिन तालाबन्दी

केशव सावद फागनु ५, कञ्चनपुर

एकिकृत नेकपा माओवादी निकटको बिद्यार्थी सँगठन अखिल क्रान्तिकारीले कञ्चनपुर सदरमुकाम भीमनगरस्थीत सिद्धनाथ बहुमुखी क्याम्पसमा आजबाट अनिश्चितकालिन तालाबन्दी गरेको छ। क्रान्तिकारीले विगत ६ महिनाबाट उठाउँदै आएको क्याम्पस पुर्नसँरचना र शैक्षिक मागप्रति क्याम्पस प्रसासन, व्यवस्थापन समिती र स्ववियुले बेवास्ता गरेको बिरोधमा क्याम्पसमा अनिश्चितकालिन तालावन्दी गरेको हो। तालावन्दीले क्याम्पसको पढाई र लगत्तै हुन गईरहेको क्याम्पसको वार्षिकोत्सवलाई कुनै असर नपुग्ने क्याम्पस मुल एकाई समितीका अध्यक्ष दशरथ भण्डारीले बताउनुभएको छ। क्रान्तिकारीले क्याम्पसमा भएको भ्रष्टाचारको छानविन, ताकिएकै मितिमा स्ववियु निर्वाचन सम्पन्न, कार्यभार नपुगेका प्राध्यापकहरुका बारेमा तत्काल निर्णय गरिनुपर्ने लगायतका बिभिन्न आठ ओटा माग अघि सारेको छ। आफुले उठाँउदै आएका मागहरु फेरीपनि वेवास्ता गरिए अझै कडा सँघर्षमा उत्रिने क्रान्तिकारीले चेतावनी समेत दिएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks