काठमाडौं, १५ फाल्गुण
नेपालगंजमा जारी मध्यपश्चिमस्तरीय लघु, घरेलु, औद्योगिक पर्रदर्शनी एवम् कृषि तथा पर्यटन महोत्सवमा हालसम्ममा ६५ लाख रुपैयाँ बराबरको कारJबार भएको आयोजकले जनाएको छ । आजसम्ममा करिब डेढ लाख भन्दा बढीले अवलोकन गरेको घरेलु तथा साना उद्योग महासंघ बाँके शाखाका अध्यक्ष जीवनाथ सापकोटाले जानकारी दिनुभएको छ । महोत्सवमा २ करोड रुपैया बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको थियो ।
१ सय ७५ वटा स्टल रहेको महोत्सवमा घरेलु उत्पादित बस्तुमा विभिन्न जडिबुटी, हातले निर्माण गरेका सामान, मह, काठका सामान, फलफुल तथा कृषि उपजका सामग्रीहरु प्रदशनीमा राखिएका छन् । नेपाली बस्तुको प्रयोग गरौ, नेपाली भएकोमा गर्ब गरौ, भन्ने नाराका साथ घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय कार्यालय र बाँके शाखाको आयोजनामा सुरु भएको महोत्सबको भोलि समापन गरिने छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks