Loving nepal news

Wednesday, February 17, 2010

झापामा गाउलेको आक्रमणमा परी तिन डाकाको मृत्यु

आक्रोसीत स्थानिय वासीन्दाद्वारा प्रहरीचौकि तोडफोड, घटनालाई नियन्त्रणमा लिन प्रहरीद्वारा २७ रनउन्ड हवाईफाएर।
सञ्जीव चापागाई,झापा ५ फागुन

झापाको पथरीया र केचनामा स्थानिय वासीको प्रतिकारमा तिन जना भारतिय डाकाको मृत्यु भएको छ। गाउलेको कुटपिटवाट गयराति एक जना र आज विहान दुइजना डाकाको मृत्यु भएको हो। स्थानिय गाउलेको कुटाइवाट सख्त घाईते भएका एक डाकालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। पथरीया ४ निवासी पथरीया स्रोत केन्द्रका स्रोतव्यक्ति भुमि राजवंशिको घरमा गयराति डकैती गर्न आएको समुहसंग गाउलेले गरेको प्रतिकारमा एक जना डाकाको मृत्यु भएको थियो।
घटना लगत्तै प्रहरीले नेपाल–भारत सीमा शील गरेपछि त्यसतर्फ भाग्न नसकेका डाकालाई आज विहान केही गाउलेले अलग–अलग स्थानमा भेटेर प्रहरीलाई वुझाएका थिए।त्यसको केहि क्षणमै १० औ हजारको संख्यामा आएका आक्रोशित गाउलेले पथरीया प्रहरी चौकीमा तोडफोड गरी त्यहा रहेका एक डाकालाई बाहिर निकालेर कुटपिट गरी मारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मृत्यु हुनेमा भारत किसनगञ्ज धरमपुरका २५ वर्षीय जेरुद्धिन मिया रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक चन्द्र राजवंशिले जानकारी दिनुभयो।स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले २७ राउण्ड हवाई फायर गरेको थियो भने प्रहरी निरीक्षक राजवंशी सामान्य घाईते हुनुभएको छ।
उता केचना–३ मा गाउलेले कुटपिट गरी एक डाकालाई मारेका छन।उनको भने नाम खुल्न सकेको छैन।तत्काल घटनास्थल पुगेका प्रहरी टोलिले डाका समुहका मुस्राहिम आलमलाई गम्भिर घाइते अवस्थामा नियन्त्रणमा लिएको छ।उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ। प्रहरीले डाका समुहवाट बम वनाउन प्रयोग गरिने सामाग्री,एक थान थ्री नट थ्री राईफलको गोली र लुटिएका केहि कपडा समेत वरामद गरेको छ।हतियारधारी डाका समुहले भमि राजवंशिको घरवाट भने पाँच लाख रुपैया नगद सहित ५ तोला सुन र ४५ तोला चादी गरेर झण्डै सात लाख रुपैया वरावरको धनमाल लुटेल लगेेको छ भने उनकी छोरी उमालाई कुटपिट गरी घाईते समेत वनाएको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks