Loving nepal news

Wednesday, February 10, 2010

काँग्रेस कार्यकर्ता ए माओवादीमा प्रबेश

विजेता सिंह/जनकपुर,२७ माघ

नेपाली काँग्रेस, धनुषाका नेता हरिश चन्द्र कुशियैत र अरविन्द कुमामर चोरबार यादव लगायत एकीकृत नेकपा -माओवादी मा प्रवेश गरेका छन । हरिश चन्द्र कुसियैतलाई एकीकृत -माओवादी को मिथिला मधेस राज्य समिति सह इन्चार्ज तथा केन्द्रिय सदस्य जीवन, जिल्ला इन्चार्ज रोशन जनकपुरी, सेक्रेटरी असफिर् भिनवार लगायतका नेताहरुले फुलमाला र अबिर लगाइ स्वागत गरी पार्टी प्रवेश गराउनु भयो।
उक्त स्वागत कार्यक्रममा हरिशचन्द्र कुशियैत नेपाली काँग्रेसको क्रियाकलाप र वर्तमान परिस्थितिमा प्रतिगमन र यथास्थितिको चाकरी गर्दै देश र जनता विरुद्ध उभिएको हुनाले पार्टी परित्याग गर्नु भएको बताउनु भयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks