डिएम चाम्लिङ राई/खोटाङ, २४ माघ
बेरोजगारी भएर गाउँमा बस्नुभन्दा पैसा कमाउन विदेश जान्छु भन्नेहरुका लागि रामबहादुर राईले गाउँमै पनि प्रशस्त आम्दामी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । खोटाङ बतासे ९ का ५९ वषिर्य राईले आˆनै करेसाबारीमा लगाएको तरकारी खेतीबाट वाषिर्क डेढलाख रुपैया सम्म आम्दामी गर्दै आउनुभएको छ ।
औपचारीक शिक्षाको लागि एक कक्षा पनि नपढ्नुभएका राईले आफ्नो तीन रोपनी जग्गालाई करेसाबारी बनाई वेमौसमी तथा नगदे तरकारीवाली खेति गरेर प्रशस्त आम्दामी गर्दै आउनुभएको हो । सोह्र वर्ष अघि वेलायति संस्था कादुरीले स्थानीय भालुखोलादेखि बतासे सम्मको खानेपानी योजना निर्माण गरिदिएपछि यसरी तरकारी खेतिबाट फाईदा भएको राईले बताउनुभयो ।
वन्दा, साग, आलु, खुर्सानी, टमाटर लगायतका तरकारी तथा लिचि, आँप जस्ता फलफूल खेतिबाट यसरी मनग्ये आम्दामी गर्ने गर्नुभएको हो । तरकारी खेति सम्वन्धी कुनै औपचारिक तालिम नलिई आफ्नै अनुभवबाट यसखेति गर्न थाल्नुभएका राईले उत्पादन गर्नुभएको तरकारी खोटाङ सदरमुकाम दिक्तेल र स्थानीयबजारहरुमा खपत हुनेगरेको छ । राईको घर गाउँकै अन्त्यमा भएकाले पानि पनि बेलामा नपुग्ने गरेको र राती नौ बजेपछि मात्र आफ्नो पालो आउने उहाँले गुनासो गर्नुभयो ।
गाउाकै नमुना कृषक बन्नुभएका राईलाई जिल्ला कृषि विकास कार्यालयले पनि कुनै सहयोग गरेको छैन । तरकारी विक्रि गरेरनै उहाँले दैनिक घरको आर्थिक समस्या र छोराछोरीलाई पढाई खर्च चलाईरहनुभएका छ । ११ जनाको परिवार पाल्दै आउनुभएका राईले मेहनत गरे वालुवामा पनि सुन फल्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks