काठमाडौं, २० माघ (दैनिकी)
नेकपा एमालेको तेश्रो पोलिटब्यूरो बैठक आजबाट सुरु हुँदैछ। मंगलबार पार्टी केन्द्रीय कार्यालय बल्खुमा बसेको स्थायी कमिटिको बैठकले पोलिटब्यूरो बैठकका एजेन्डा तय गरेको छ।
पार्टीभित्रको आन्तरिक समस्या, संविधानसभामा र सरकारमा पार्टीको भुमिका लगायतका बिषयलाई पोलिटब्यूरोको प्रमुख एजेन्डा रहेको महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो।
पोलिटब्युरो बैठकमा विशेष गरी ६ वटा एजेन्डामा छलफल हुने एमालेले जनाएको छ।
उच्चस्तरीय राजनीतिक संयन्त्र, महासचिव इश्वर पोखरेलको संयोजकत्वमा गठन गरिएको कार्यदलले तयार पारेको प्रतिवेदन, संविधानको प्रारम्भिक मस्यौदा, संविधानसभामा पार्टीको भूमिका र सरकारले गरेको कामको समीक्षाका विषयमा बैठकमा छलफल हुनेछ।
उच्चस्तरीय राजनीतिक संयन्त्रका विषमया पार्टीमा छलफल नै नभएको एमाले नेताहरुले बताइरहेका बेला पोलिटब्युरोमा संयन्त्रका विषयमा छलफल हुन लागेको हो
यसअघिको पोलिटब्यूरोले पार्टीमा देखिएका विवाद समाधान गर्न छुट्टाछुट्टै चार कार्यदल गठन गरेको थियो। ती कार्यदलले आजै प्रतिवेदन बुझाउने र पोलिटब्यूरोले निर्णय गर्नेछ।
पार्टीको विधान अनुसार प्रत्येक तीन–तीन महिनामा पोलिटब्यूरो बैठक वस्नुपर्ने भएपनि आठौं महाधिवेशन भएको एक बर्षमा पोलिटब्यूरोको अहिलेसम्म दुईवटा मात्र बैठक बसेको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks