Loving nepal news

Monday, February 1, 2010

नँया गठबन्धनको सरकार निर्माण गर्न माओवादिलाई चुनौति

सन्तोष न्यौपाने बेल्जिएम

नेकपा एमालेका विदेश विभाग प्रमुख के पि शर्मा ओलि ले संवैधानिक प्रक्रिया अनुरुप बहुमत ल्याई नँया गठबन्धनको सरकार निर्माण गर्न माओवादिलाई चुनौति दिएका छन। उनले हाल प्रचण्ड ले काँग्रेस का गिरिजा र सुजाता सगं को गुहारिले माओवादि काग्रेंस गठबन्धनको सरकार नबन्ने समेत ठोकुवा गरेका छन ।
नेपाल लोकतान्त्रिक मञ्च बेल्जिएम ले गरेको अन्तकृया कार्यक्रममा बोल्दै उनले माओवादि ले ल्याएको राज्य पुनसंरचना को मोडल लाई डेट एक्सपाएर औषधि को संज्ञा दिदै त्यस्ता मोडेलले माओवादि विनाश मा जान लागेको जिकिर गरे। सो संरचना देशलाई पुरानो स्थिति मा ढल्काउने र विखण्डन गर्ने हुदाँ आफनो पार्टि लाई मान्य नहुने समेत बताएका छन ।
माआवादिले हतियार उठाउनु द्रोह हो भन्दै त्यतिखेर उनिहरुलाई मिलाउनका लागि बिद्रोही र जनयुद्ध को उपाधि दिएका थियौ ओलिले भने 'जनयुद्ध स्थगित गर्न’ आफुहार स्विकार गर्नु सरह हो । उनले माओवादिलाई अपराधि को संज्ञा दिदै आफना लडाकुलाई खोरमा लगेर थुनेको आरोम लगाएका छन । सिमा अतिक्रमण सम्बन्धि माओवादिले गरेको आन्दोलनलाईर् इकिंत गर्दै ओलिले एमालेले नौ महिने सरकारमा उठाएको हुदाँ अहिले सरकार बाहिर रहदाको पिडा लाई उजागर गरेको बताएका छन ।
सेरोमनियल राण्ट्रपति हाल आएर कार्यकारि बन्न खोजेको र एमालेले भनेजस्तो नभएको हुदाँ राष्ट्रपति परिवर्तन गर्न आवश्यक रहेको कुरा औल्यायका छन । महाकालि घटनालाई दोहराउदै उनले भने 'महाकालि सन्धिमा महाराण्ट्र घात भएको छैन यदि कोहि यससम्बन्धि प्रमाण सहित आउछ भने म बहश गर्न तयार छौ।’ स्वस्थानि को कथालाई उदृत गर्दै सतिदेवि सति जान लाग्दा शिवजिले काध थापे झै माओवादि लाई पनि एमालेले गरेको शिवजिको भुमिका काम नलागेको ब्यगं गरेक थिए ।
सोहि अवसरमा बोल्दै एमालेका केन्द्रिय सदस्य गणेश तिमिल्सिनाले आफनो सरकार हुदाँ सिमा को बारेमा एक शब्द नबोल्ने माओवादि प्रतिपक्षमा बस्दा गरेको सिमा अतिक्रमण माथि को विरोध प्रवृत्ति लाई कम्युनिष्ट तानासाहिको संज्ञा दिएका छन । त्यस्तै गरि राजदुत प्रमेश हमालले बेलजिएमको देश संरचना नेपाललाई उपयुक्त हुने सुझाव दिए ।
अन्तकृया कार्यक्रममा अन्तराण्ट्रिय नेपाल साहित्य समाज का उपाध्यक्ष विमल गिरि को गिति संग्रह सम्झनाका तरेलिहरु नेता ओलिले लोकार्पण गरेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks