रेपिड रेस्पोन्स टिम आउन ढीलाई भएपछि थप उपचराका लागि धरान पठाइयो/वर्डफ्लु भए नभएको आजै पुष्टि भएन
सञ्जीव चापागाई,झापा २५ माघ ।
झापाको महेशपुर स्थीत एक इटा उद्योगमा कार्यरत चार मजदुरमा एकैसाथ देखा परेको रोग वर्डफ्लु भएको हुन सक्ने आसंकामा थप उपचारका लागि धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठनमा पठाइएको छ । उनिहरुमा एकैसाथ देखापरेको रोग वर्डफ्लु संक्रमणको लक्षणसंग मिल्दो पाइएकाले गयराति मेचि अञ्चल अस्पतालमा भर्ना गरीएपनि कठमान्डौवाट रेपिड रेस्पोन्स टिम आउन ढीलाई भएपछि थप उपचारका लागि धरानतर्फ पठाइएको अस्पतालले जनाएको छ ।
रातभर मेचि अन्चल अस्पतालमा राखि उच्च सतर्कताका साथ उपचार गरीएको र आज विहान १० वजे धरान स्थीत विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठन पठाइएको अस्पतालका मेडिकल रेकर्ड अधिकृत मनोज पोखरेलले मेचिसमाचारलाई जानकारी दिनुभयो। विरामिहरु अस्पताल भर्ना हुनसाथै रेपिड रेस्पोन्स टिमलाई खवर गरीएपनि कठमाण्डौवाट आउन ढीलाई भएका कारण उनिहरुलाई धरान रिफर गरीएको पोखरेलले जानकारी दिनुभयो ।
महेसपुर-५ स्थीत केबिसी इटाभट्टामा कार्यरत भारतियमुलका एकै परीवारका भिम राय,रतन राय,सहदेव राय र लखन रायमा वान्ता आउने,छाती दुख्ने,रुघा,ज्वरो जस्ता लक्षण दखिए पछि उनिहरुलाई अस्पताल भर्ना गरीएको थियो।गयराति अस्पताल भर्ना गरीएका उनिहरुको अवस्थामा अहिलेसम्म कुनैपनि सुधार आएको छैन ।
वर्डफ्लु संक्रमित क्षेत्र भारतको पश्चिम वंगालबाट आएका ती मजदुरमा बर्डफ्लुको संक्रमण भएको हुन सक्ने अनुमान गरिएपनि रोगको पहिचान भईनसकेको अस्पतालले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks