प्रियास्मृती ढकाल बाँके २८ माघ
उपप्रधान एबं भौतिक योजना तथा निर्माण मन्त्री बिजयकुमार गच्छेदारले आत्मबिश्वासको कमीले गर्दा केही दलका नेताहरुले समय मै संबिधान बन्न नसक्ने अभिब्यक्ति दिएको आरोप लगाउनु भएको छ। अहिले पनि ३ दलले चाहेमा नयाँ संबिधान ७ दिन भित्रै बन्ने ठोकुवा गर्दै गच्छदारले संबिधान निर्माणको समयाबधी थप्ने कुरा अहिलेका लागी असार्न्दभिक भएको टिप्पनी गर्नु भयो।
नेपाल प्रेस युनियन बाँकेले आज नेपालगंजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले संबिधान निर्माण गर्नु भन्दा १ महिना अगाडि नै माओबादी लडाकु लाई समायोजन तथा ब्यबस्थापन गर्नु पर्ने बताउनु भयो।
केही दलले सरकार परिर्बतनको बखेडा झिकेर मुलुकलाई द्धन्दको स्थीतिमा लैजान थालेको गच्छदारको भनाई थियो। पार्टीहरु बीच ईमान्दारीता आबश्यक रहेको भन्दै गच्छदारले एक आपसको खिचातानीले शान्ति प्रक्रिया र संबिधान निर्माण ओझेलमा पर्न लागेको बताउनु भयो।
पत्रकारहरुले सोधेको जिज्ञासामा उपप्रधानमन्त्री गच्छदारले सत्ताको लुछाचुडी र सरकार परिर्बतन गर्ने समय अहिले नभएको स्पष्ट पार्नु भयो। उपप्रधानमन्त्री सुजाता कोईरालाले दिएको अभिब्यक्ति तर्फ ईङगीत गर्दै गच्छदारले भन्नु भयो, “ सरकार परिर्बतन कुनै ब्यक्तिले गर्ने होईन, त्यसका लागी संम्बधित पार्टिले निर्णय गर्नु पर्छ।”
उहाँले उच्च स्तरिय राजनितीक संयन्त्रमा सबैदलका शिर्ष नेताहरुलाई नसमेट्को प्रति आपत्ति जनाउनु भयो।
प्रेस युनियन बाँकेका अध्यक्ष नरेन्द्र थापाको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा महिला बालबालिका तथा समाजकल्याण मन्त्री सर्बदेब ओझा, कृर्षी मन्त्री मृर्गेन्द्र कुमार सिंह यादब, भौतिक योजना तथा निर्माण सहायक मन्त्री कलावती पासवान, कृर्षि राज्य मन्त्री करिमा बेगमको पनि उपस्थिती रहेको थियो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks