Loving nepal news

Thursday, February 18, 2010

राष्ट्रिय कलाकारहरुको सम्मान कार्यक्रम

यज्ञमूर्ति तिमिल्सिना/पाल्पा ७ फागुन

गुल्मी जिल्लाको पहिलो रेडियो रेडियो रेसुंगा १०६.२ मेगाहर्जको दोस्रो वार्षिकोत्सव समारोहमा सहभागी हुन राष्ट्रिय कलाकारहरु गुल्मी आइपुगेका छन्। दोस्रो वर्ष पुरा गरेको अवसरमा रेडियो रेसुङ्गाले दोस्रो वार्षिकोत्वस भव्यताका साथ मनाउने तैयारी गरेको छ। २०६४ साल फाल्गुन ७ गते प्रशारण यात्रा शुरु गरेको रेडियो रेसुङ्गा यस क्षेत्रकै उत्कृष्ट रेडियोकै रुपमा रहेको छ। इक्वेल एक्सेसले गरेको सर्वेक्षणमा प्रशारणको यो अवधिमा छोटो समयमै रेडियो रेसुङ्गा कार्यक्रममा नेपालमै पाँचौ र समाचारमा छैठौँ स्थानमा पर्न सफल भएको छ।
रेडियो रेसुङ्गाले दोस्रो वार्षिकोत्सवको अवसरमा स्रष्टा सम्मान कार्यक्रम गरी भव्यताका साथ मनाउने तैयारी गरिरहेको छ। आजै स्रष्टा सम्मान गरिने रेडियो रेसुङ्गाका स्टेशन म्यानेजर मदन खनालले बताए। वार्षिकोत्सवको अवसरमा वरिष्ठ गायक स्वरुपराज आचार्य, वरिष्ठ गायिका अञ्जु पन्त, लोक गायक राजु परियार, तितो सत्य टेलीश्रृखंलाका कलाकारहरु दिपकराज गिरी र दीपाश्री निरौला, संगितकार आलोक श्री, गीतकार नवराज लम्साल, विपीन किरन लगायतका स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks