दुर्घटनामा ७ को मृत्यु, १९ घाईते , घाईते सबैलाई काठमाडौ रिफर
गोविन्द घिमिरे चितवन २२ माघ
तिर्थयात्राका लागि हिडेको बस नारायणगढ मुग्लिङ्ग सडक खण्डको जलबिरेमा आज बिहान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । दुर्घटनामा अन्य १९ जना घाईते भएका छन् । काठमाडौंबाट तिर्थ यात्रा गर्न सुनसरीको बराह क्षेत्र तर्फ जान आउँद्दै गरेको बा २ ख ६२७१ नम्बरको बस चितवनको जलबिरेमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा किर्तिपुर बस्ने बर्ष ४ की शुभेच्छा बासकोटा, सोही स्थानका बर्ष २७ का कृष्ण बासकोटा, बर्ष ५० का रामबाबु बासकोटा, बर्ष ४५ का लक्ष्मी खनाल, बर्ष ३० की रेखा खनाल, काठमाडौं मातातिर्थ २ बस्ने रामचन्द्र रिजाल र भक्तपुर बस्ने बर्ष ३५ का बिष्णु प्रजापति रहेका छन् । मृतक मध्ये २ जनाको घटनास्थलमानै र अन्य पााच जनाको उपचारको क्रममा भरतपुर अस्पताल र मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । दुर्घटनामा परि घाईते हुनेहरुमा किर्तीपुर बस्ने ७० बर्षीय मैया खनाल, ५० बर्षीय मधुसुदन खनाल, ६० बर्षीय सावित्री खनाल, ४५ बर्षीय उर्मिला खनाल, ४४ बर्षीय बसन्तकुमार खनाल, ३७ बर्षीय दिपक खनाल, ३३ बर्षीय गोमा खनाल, २४ बर्षीय भवानी बासकोटा, २४ बर्षकै सुनिता बासकोटा , १० बर्षीय हिमाल बासकोटा, ७ बर्षीय अजय बासकोटा, ७ बर्षकै बिकेश बासकोटा, ७ बर्षीय एलिशा बासकोटा , ३ बर्षीय एलिना बासकोटा, ५ बर्षीय बिनिशा बासकोटा रहेका छन् । त्यस्तै पुरा नाम खुल्ननसकेकी काईली आमा, ६१ बर्षीय बासुदेब रुपाखेती ललितपुर झरुवारासी बर्ष ५० का केशब प्रसाद आचार्य , सो स्थान बस्ने ४५ बर्षीय सुलोचना आचार्य रहेका छन् । घाईते मध्ये सुनिता बासकोटाको गम्भिर रहेको छ । घाइते सबैलाइ चितवनको भरतपुर अस्पतालमा उपचार पछि थप उपचारका लागि काठमाडौ रिफर गरिएको छ । रातको समयमा अत्याधिक हुस्सु लागेको र ओभरटेक गर्न खोज्दा दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks